२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वस्थ्य विश्वकप २०२२  घोषणा



अ+ अ-

काठमाडौं । आगामी विश्वकपलाई जनस्वास्थ्यका दृष्टिकोणबाट स्वस्थ्य खेल समारोह बनाउने घोषणा भएको छ । विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा यसको घोषणा भएको हो । 

घोषणा सभामा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. तेड्रेस अदानोम गेब्रेयसुस, कतारका जनस्वास्थ्य मन्त्री डा. हनान मोहम्मद अल कुवारी, कतारी सुप्रिम कमिटी तथा लेगसीका महासचिव हसन अल (थवाडी, अन्तर्राष्ट्रिय फुटवल संघ (फिफा) का अध्यक्ष जिआनि इन्फान्टिनो र विश्व स्वास्थ्य संगठन मध्यपुर्वि क्षेत्रका संयोजक डा. अहमद विन सलेम अल–मन्धारीको उपस्थिति रहेको थियो । 

कतार सरकार तथा विश्वकप फुटवल प्रतियोगिताका आयोजक संस्था सुप्रिम कमिटी तथा लेगसीले अन्तर्राष्ट्रिय फुटवल संघ (फिफा) संगको सहकार्यमा सबै कृयाकलापलाई जनस्वास्थ्यका दृष्टिकोणमा उपयुक्त बनाउन काम गर्ने छन् । साथै स्वस्थ्य जीवनयापनका विषयवस्तुहरूको विज्ञापनका माध्यमबाट बुझाउने काम पनि गरिने छ ।

यस बाहेक विश्वकप फुटवल प्रतियोगिता आयोजना हुने समय, आगामी वर्षको नोभेम्वर २१ देखि डिसेम्वर १८ सम्मको अवधिभर स्वास्थ्य सुरक्षा र शारिरीक तथा मानसिक स्वास्थ्यका बारेमा समेत जानकारी गराइने कार्यक्रम रहेका छन् । यो कार्यक्रम आगामी दिनमा खेलकुद सम्बन्धि ठुला कार्यक्रमहरूको आयोजना गर्दा स्वास्थ्यसंग सम्बन्धित विषयमा पुर्याउन सकिने सुरक्षा तथा सावधानीका विषयमा पहिले नै जानकारी लिन उपयुक्त हुने विस्वास गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. तेड्रेस अदानोम गेब्रेयसुसले कतार सरकारले विश्वकप फुटवल प्रतियोगिताको समयमा जनस्वास्थ्यको विषयमा मध्यनजर गर्दै चालेको कदमलाई स्वीकार गर्दै कतार सरकारलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, ‘’विश्व स्वास्थ्य संगठन कतार सरकारसंग जनस्वास्थ्यको विषयमा सहकार्य गर्न प्रतिवद्द छ ।  विश्वकप फुटवलसंगसंगै जनस्वास्थ्यका विषयमा बुझाउन पनि यी कार्यक्रम सहयोगी सावित हुनेछ भन्ने मैले विश्वास लिएको छु।‘’

महानिर्देशक डा. तेड्रेसले कोरोना महामारीकै बीचमा शुरू हुन लागेको विश्वकप फुटवलले जनस्वास्थ्यका क्षेत्रमा नयाँ संभावनाको बाटो देखाउनेमा ढुक्क भएको तथा विश्वले नै यस महामारीबाट छुटकारा पाउने विस्वास व्यक्त गर्नुभयो । 

कतारका जनस्वास्थ्य मन्त्री डा. हनान मोहम्मद अल कुवारीले मध्यपुर्वमा विश्वकप फुटवल प्रतियोगिता आयोजना गर्ने पहिलो राज्य कतार भएकोमा गर्ववान्वित भएको बताउनुभयो। उहाँले भन्नुभयो, हाम्रो चाहना अन्तर्राष्ट्रिय तथा लोकप्रिय खेल प्रतियोगिता आयोजना गर्ने मात्र नभएर कुनै उच्चस्तरीय खेलकुद प्रतियोगितालाई स्थापना नै गर्नु हो त्यसमा जनस्वास्थ्यको विषय जोडिएर आउने भएकोले हामी विश्व स्वास्थ्य संगठनसंग सहकार्य गर्दै अघि बढ्न चाहन्छौं । हामी आगामी दिनमा फिफा तथा अन्य अन्तर्राष्ट्रिय संस्थासंगको सहकार्यमा यस्तै ठुला खेलकुदका कार्यक्रम आयोजना गर्दै जाने कुरा जनस्वास्थ्यमन्त्री डा. हनानले जानकारी दिनुभयो ।
  
कतारले आगामी वर्षको नोभेम्वर २१ देखि डिसेम्वर १८ सम्म विश्वकै सर्वाधिक लोकप्रिय खेलकुद प्रतियोगिता विश्वकप फुटवलको आयोजना गर्दैछ भने सन् २०३० मा एशियन गेम आयोजना गर्दैछ ।




भर्खरै