५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

स्वस्थ्य विश्वकप २०२२  घोषणा

स्वस्थ्य विश्वकप २०२२  घोषणा
अ+ अ-

काठमाडौं । आगामी विश्वकपलाई जनस्वास्थ्यका दृष्टिकोणबाट स्वस्थ्य खेल समारोह बनाउने घोषणा भएको छ । विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा यसको घोषणा भएको हो । 

घोषणा सभामा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. तेड्रेस अदानोम गेब्रेयसुस, कतारका जनस्वास्थ्य मन्त्री डा. हनान मोहम्मद अल कुवारी, कतारी सुप्रिम कमिटी तथा लेगसीका महासचिव हसन अल (थवाडी, अन्तर्राष्ट्रिय फुटवल संघ (फिफा) का अध्यक्ष जिआनि इन्फान्टिनो र विश्व स्वास्थ्य संगठन मध्यपुर्वि क्षेत्रका संयोजक डा. अहमद विन सलेम अल–मन्धारीको उपस्थिति रहेको थियो । 

कतार सरकार तथा विश्वकप फुटवल प्रतियोगिताका आयोजक संस्था सुप्रिम कमिटी तथा लेगसीले अन्तर्राष्ट्रिय फुटवल संघ (फिफा) संगको सहकार्यमा सबै कृयाकलापलाई जनस्वास्थ्यका दृष्टिकोणमा उपयुक्त बनाउन काम गर्ने छन् । साथै स्वस्थ्य जीवनयापनका विषयवस्तुहरूको विज्ञापनका माध्यमबाट बुझाउने काम पनि गरिने छ ।

यस बाहेक विश्वकप फुटवल प्रतियोगिता आयोजना हुने समय, आगामी वर्षको नोभेम्वर २१ देखि डिसेम्वर १८ सम्मको अवधिभर स्वास्थ्य सुरक्षा र शारिरीक तथा मानसिक स्वास्थ्यका बारेमा समेत जानकारी गराइने कार्यक्रम रहेका छन् । यो कार्यक्रम आगामी दिनमा खेलकुद सम्बन्धि ठुला कार्यक्रमहरूको आयोजना गर्दा स्वास्थ्यसंग सम्बन्धित विषयमा पुर्याउन सकिने सुरक्षा तथा सावधानीका विषयमा पहिले नै जानकारी लिन उपयुक्त हुने विस्वास गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. तेड्रेस अदानोम गेब्रेयसुसले कतार सरकारले विश्वकप फुटवल प्रतियोगिताको समयमा जनस्वास्थ्यको विषयमा मध्यनजर गर्दै चालेको कदमलाई स्वीकार गर्दै कतार सरकारलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, ‘’विश्व स्वास्थ्य संगठन कतार सरकारसंग जनस्वास्थ्यको विषयमा सहकार्य गर्न प्रतिवद्द छ ।  विश्वकप फुटवलसंगसंगै जनस्वास्थ्यका विषयमा बुझाउन पनि यी कार्यक्रम सहयोगी सावित हुनेछ भन्ने मैले विश्वास लिएको छु।‘’

महानिर्देशक डा. तेड्रेसले कोरोना महामारीकै बीचमा शुरू हुन लागेको विश्वकप फुटवलले जनस्वास्थ्यका क्षेत्रमा नयाँ संभावनाको बाटो देखाउनेमा ढुक्क भएको तथा विश्वले नै यस महामारीबाट छुटकारा पाउने विस्वास व्यक्त गर्नुभयो । 

कतारका जनस्वास्थ्य मन्त्री डा. हनान मोहम्मद अल कुवारीले मध्यपुर्वमा विश्वकप फुटवल प्रतियोगिता आयोजना गर्ने पहिलो राज्य कतार भएकोमा गर्ववान्वित भएको बताउनुभयो। उहाँले भन्नुभयो, हाम्रो चाहना अन्तर्राष्ट्रिय तथा लोकप्रिय खेल प्रतियोगिता आयोजना गर्ने मात्र नभएर कुनै उच्चस्तरीय खेलकुद प्रतियोगितालाई स्थापना नै गर्नु हो त्यसमा जनस्वास्थ्यको विषय जोडिएर आउने भएकोले हामी विश्व स्वास्थ्य संगठनसंग सहकार्य गर्दै अघि बढ्न चाहन्छौं । हामी आगामी दिनमा फिफा तथा अन्य अन्तर्राष्ट्रिय संस्थासंगको सहकार्यमा यस्तै ठुला खेलकुदका कार्यक्रम आयोजना गर्दै जाने कुरा जनस्वास्थ्यमन्त्री डा. हनानले जानकारी दिनुभयो ।
  
कतारले आगामी वर्षको नोभेम्वर २१ देखि डिसेम्वर १८ सम्म विश्वकै सर्वाधिक लोकप्रिय खेलकुद प्रतियोगिता विश्वकप फुटवलको आयोजना गर्दैछ भने सन् २०३० मा एशियन गेम आयोजना गर्दैछ ।