१७ आश्विन २०८१, बिहीबार
,
Latest
बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविरल वर्षाका कारण सेती नदीमा फसे ६० जना, उद्धार कार्य जारी



अ+ अ-

काठमाडौं । अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् ।

ढुङ्गाडस्थित सेती नदीको किनारमा करीब एक सय २० परिवार बस्दै आएको बताईएको छ । त्यसै परिवारहरुमध्येका सिगास गाउँपालिका–५ को ढुङ्गाडमा आएको बाढीका कारण करीब ६० जना फसेका हुन् ।

नदीले कटान गरिरहेको थाहा पाएकाहरु भने राति नै त्यहाँबाट भाग्न सफल भएका हुन् । बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे पुल पनि बगाउँएको कारण उद्धारमा कठिनाइ भइरहेको सिगास गाउँपालिका–५ नम्बरका वडाध्यक्षले जनाएका छन् । 

सेतीको बाढीमा फसेका स्थानीयहरुको उद्धार गर्न प्रदेश सरकार र संघीय सरकारलाई समेत आग्रह गरिएको छ ।