काठमाडौं । अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् ।
ढुङ्गाडस्थित सेती नदीको किनारमा करीब एक सय २० परिवार बस्दै आएको बताईएको छ । त्यसै परिवारहरुमध्येका सिगास गाउँपालिका–५ को ढुङ्गाडमा आएको बाढीका कारण करीब ६० जना फसेका हुन् ।
नदीले कटान गरिरहेको थाहा पाएकाहरु भने राति नै त्यहाँबाट भाग्न सफल भएका हुन् । बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे पुल पनि बगाउँएको कारण उद्धारमा कठिनाइ भइरहेको सिगास गाउँपालिका–५ नम्बरका वडाध्यक्षले जनाएका छन् ।
सेतीको बाढीमा फसेका स्थानीयहरुको उद्धार गर्न प्रदेश सरकार र संघीय सरकारलाई समेत आग्रह गरिएको छ ।