१५ असार २०८३, सोमबार
,
Latest
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीमा फोन र विद्युत् सेवा अवरुद्ध



अ+ अ-

डोटी । दुई दिनदेखिको लगातारको वर्षातका कारण जिल्लामा फोन तथा विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लामा वितरण गरिएको ३३ केभिए प्रसारण लाइनमा रूख परेका कारण यहाँको विद्युत् सेवा अवरुद्ध भएको डोटी साना जलविद्युत् कार्यालय दिपायलले जनाएको छ । 

विद्युत् सेवा अवरुद्ध भएसँगै सञ्चारका साधन पनि अवरुद्ध भएका छन् । एनसेल सिमकार्ड भने सञ्चालनमा छ । विद्युत् नभएका कारण नेपाल टेलिकमका ल्यान्डलाइन तथा एफटिटिएच ९नेट० सेवा पनि पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ । 

विद्युत्सहित नेट सेवा दुई दिनदेखि पूर्ण रुपमा अवरुद्ध भएपछि यहाँका सञ्चारकर्मीले आफ्ना सञ्चार माध्यममा समाचार सम्प्रेषण गर्न पाएका छैनन् भने जिल्लामा रहेका चारवटा एफएम रेडियोहरु पनि बन्द भएका घण्टेश्वर एफएम बुडरका स्टेसन मेनेजर शिव ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, “फोन, नेट र विद्युत् सेवा नहुँदा कतिपय रेडियो बन्द भएका छन्, केहीले जेनेटर बालेर खाली बाढी पहिराबाट जोगिन सूचना प्रसारण गरिरहेका छन् ।”

जिल्ला नै सञ्चार सम्पर्कविहीन भएका कारण कुन ठाउँमा के कति क्षति भयो त्यसका बारेमा जानकारी लिन निकै समस्या भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “विद्युत्, टेलिफोन सेवा अवरुद्ध छ, धन्न एनसेलको सिमले काम गरेकाले सम्पर्क गर्न सकेका छौँ, क्षतिको विषयमा जानकारी लिनै पाइएको छैन ।” तीन दिनदेखिको भारी बर्सातका कारण यहाँका विभिन्न ठाउँमा पहिरा गएको खबर आएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताउनुभयो । उहाँका अनुसार वर्सातसँगैको पहिराले यहाँको गैरा, रातुली, पाकरी, जोरायल, बडिकेदार, केआईसिंह लगायतका क्षेत्रमा खेतबारी तथा घरमा सामान्य क्षति भएको छ ।

जिल्लामा ठूलो बर्सात भएका कारण यहाँका नदीहरुमा पनि पानीको बहाव बढेकाले नदी तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत राख्न तथा विपद् आइपरे उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बर्सातका कारण यहाँका किसानले काटेका धान पनि बाढीले बगाएको छ भने केही क्षेत्रका खेतमा पानीले पूरै धान डुबाएको छ । हालसम्म बाढी तथा पहिराले मानवीय क्षति भने नगरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।