९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक कार्तिक ९ गते नबस्ने, ११ गतेका लागि बोलाईयो



अ+ अ-

काठमाण्डौ । कार्तिक ९ गते बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक कार्तिक ११ गते बस्ने भएको छ । संसद सचिवालयले एक सुचना जारी गर्दे कार्तिक ९ गते बस्ने बैठक बिशेष कारणबस बस्न नसक्ने जनाउदै  ११ गते बस्ने जनाएको हो ।

कार्तिक ९ गते संसदको सबैभन्दा ठुलोदल नेकपा एमालेको स्थानीयतहको अधिबेशन हुदैछ । एमाललेले आफूहरु संग सल्लाह नगरी बैठक आाब्हान गरेको भन्दै बैठक सार्न सभामुख सापकोटालाई सुझाब दिएको थियो । एमालेको  आग्रह पछि  संसद बैठक  सारिएको हो ।