काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको बैठक बस्दैछ । तुल्सीलाल प्रतिष्ठान च्यासलमा कार्तिक ४ गते दिउसो तीन बजे बैठक बस्ने एमाले कार्यलय सचिव शेरबहादुर तमाङ्गले जानकारी दिनुभयो ।
बैठकमा विधान महाधिवेशन समिक्षा गर्नुका साथै कार्तिक ६ गते हुने वडा अधिवेशन ९ गते हुने पालिका अधिवेशनका बारेमा छलफल हुने उहाँले जानकारी दिनुभयो । यसै गरी राष्ट्रिय महाधिवेशन सम्बन्धमा बिषय प्रवेश र हालै भएको अविरल वर्षका कारण भएको जनधनको क्षती सम्बन्धमा पनि छलफल हुने तामाङ्गले जानकारी दिनुभयो ।











