काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका संरचनाहरुलाई क्रियाशिल गराउन थालेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र बीच एकता र त्यसपछि सर्वोच्च अदालतको फैसलाले दुई पार्टी पुरानै अवस्थामा फर्किए पछि माओवादीले आफ्ना विभागहरुलाई पूर्णता दिएको हो ।
विहीबार बसेको स्थायी कमिटीको बैठकले ३३ वटा केन्द्रीय विभागहरु गठन गर्दे त्यसको प्रमुख समेत तोकेको छ । सबै विभागहरुका बढीमा ३५ जना सम्म सदस्य रहन छन् । नव गठित स्कूल विभागको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले लिनुभएको छ ।
विभाग र प्रमुखहरु :
१) अर्थ तथा योजना विभाग- वर्षमान पुन
२) संगठन विभाग- जनार्दन शर्मा
३) विदेश मामिला विभाग-नारायणकाजी श्रेष्ठ
४) प्रचार तथा प्रकाश विभाग- कृष्णबहादुर महरा
५) विपद व्यवस्थापन विभाग-सूर्य सुवेदी
६) उद्योग मामिला विभाग – वामदेव क्षेत्री
७) कृषि तथा भूमिसुधार विभाग- हरिबोल गजुरेल
८) उपभोक्ता हित संरक्षण विभाग-मात्रिका यादव
९) कोष तथा आर्थिक विभाग-डोरप्रसाद उपाध्याय
१०) खानेपानी विभाग-विना मगर
११) जलस्रोत तथा ऊर्जा-लिलामणी पोखरेल
१२) निर्वाचन विभाग-खिमलाल देवकोटा
१३) कानून विभाग-मुक्ति प्रधान
१४) पर्यटन विभाग-झक्कुप्रसाद सुवेदी
१५) प्रादेशिक मामिला विभाग-पर्शुराम तामाङ
१६) पार्टी स्कूल विभाग-गिरिराजमणी पोखरेल
१७) पुस्तकालय तथ अभिलेख-नारायणप्रसाद शर्मा
१८) भौतिक पूर्वाधार विभाग-हरि अधिकारी
१९) युवा तथा खेलकुद विभाग-गणेशमान पुन
२०) राजकीय मामिला विभाग-रेखा शर्मा
२१) राष्ट्रिय सुरक्षा विभाग-कृष्णबहादुर महरा
२२) वन तथा वातावरण-शक्ति बस्नेत
२३) विज्ञान तथा प्रविधि विभाग-गणेश साह
२४) शिक्षा तथा मानवस्रोत विभाग-मायाप्रसाद शर्मा
२५) श्रम तथा रोजगार विभाग-रामेश्वर राय यादव
२६) संघीय संसदीय विभाग-देव गुरुङ
२७) समाज कल्याण विभाग-सत्या पहाडी
२८) सहकारी तथा गरिवी विभाग-धर्मदत्त देवकोटा
२९) शहरी विकास विभाग-देवेन्द्र पौडेल
३०) सामान्य प्रशासन विभाग-टेकबहादुर बस्नेत
३१) साहित्य तथा कला विभाग-गोपाल ठाकुर
३२) स्थानीय तह विभाग-उर्मिला अर्याल
३३) स्वास्थ्य तथा जनसंख्या विभाग-कल्पना धमला
३४) नीति अध्ययन प्रतिष्ठान-रामचन्द्र झा











