काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी बाबुराम श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । बिहिबार बिहान जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
गत कार्तिक १ गते बसको मन्त्रीपरिषद्को बैठकले श्रेष्ठलाई उपरथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको थियो । उपरथी दर्जामा पदोन्नति हुनुभएका उपरथी बाबुराम श्रेष्ठ श्री मध्य कमाण्ड हे.क्वा।क. कमाण्ड सेनापतिमा नियुक्ति हुनु भएको छ ।











