५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

तालिबानले पत्रकारमाथि आक्रमण

तालिबानले पत्रकारमाथि आक्रमण
अ+ अ-

काबुल । काबुलमा महिला अधिकारकर्मीहरुले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिबानले बिहीबार कैयौ पत्रकारहरुमाथि आक्रमण गरेको छ  ।शिक्षा मन्त्रालयको नजिकबाट अफगानिस्तानको राजधानीमा अवस्थित अर्थ मन्त्रालयसम्म रंगीन हेड स्कार्फ लगाएका महिलाहरुको एउटा समूहले मार्चपास गर्दै शिक्षालाई राजनीतिकरण नगर्नु भन्ने नारा लगाएका थिए । 

‘हामीसंग अध्ययन गर्ने र काम गर्ने अधिकार छैन र  बेरोजगारी, गरीबी, भोकले सताएको छ ’ भन्ने लेखिएको प्लेकार्ड  ती महिलाहरु बोकेका थिए । तालिबान अधिकारीहरुले ती महिलालाई करिब १ घण्टा ३० मिनेटसम्म स्वतन्त्र रुपमा हिड्न दिएको एएफपी समाचार समिति जानकारी दिएको छ  । 
तालिबान लडाकूहरुले। विदेशी पत्रकारलाई राइफल प्रहार गर्नुको साथै फोटोग्राफरलाई पछाडिबाट लात हानेका बताइएको छ । 

प्रदर्शनकारी आयोजक मध्येकी एक जाहरा मोहम्मदीले एएफपीलाई भनिन् कि महिलाहरु जोखिमको बावजुद मार्चपास गर्दै थिए । तालिबानहरुले स्थानीय पत्रकार, विदेशी पत्रकार र महिलाहरु कसैको पनि सम्मान नगरेको उनले बताएकी छिन् । केटीहरुको विद्यालय जाने अधिकारसमेत तालिबानहरु खोसेको पनि उनले बताएकी छिन् । (रासस-एएफपी)