९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाखा अधिकृतबाट स्काउटको शपथ लिँदै खेलकुद मन्त्री गहतराज



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले माओवादी केन्द्रको तर्फबाट युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरेका महेश्वर जंग गहतराजले पदीय हिसावले आफूभन्दा पाँच तह मुनिका शाखा अधिकृत स्तरका कर्मचारीबाट नेपाल स्काउटको प्रमुख स्काउटको हैसियतमा दिक्षा (शपथ) लिएर “कहीं नभएको जात्रा हाँडिगाउँमा“ भन्ने भनाईलाई पुस्टि गर्दैछन् ।
नेपाल स्काउटका प्रमुख संरक्षक समेत रहेका प्रधानमन्त्री देउवाले केपी ओलीद्वारा नियुक्त गरेका तदर्थ समितिका पदाधिकारीलाई असक्षम भनेर गत असोजमा वर्खास्त गरेपछि नेपाल स्काउट  अहिलेसम्म पदाधिकारी विहीन छ ।

यस्तो अवस्थामा तिनै ओलीको छत्रछायाँबाट नियुक्त भएका अधिकृत स्तरका कर्मचारी (जो सिधै निर्देशक बनेका) ले मन्त्री गहतराजलाई प्रभाव पार्न नयाँ पदाधिकारी नियुक्त नभएको मौका छोपी आफैंले दिक्षा दिन भनेर भोलि शुक्रबार मन्त्रीलाई नेपाल स्काउट प्रधान कार्यालय लैनचौरमा बोलाएका छन् । (जुन नेपाल स्काउटको ऐन विपरित छ्र) मन्त्री गहतराज पनि आफूभन्दा निकै तल्लो तहका कर्मचारीबाट दिक्षा लिन तयार देखिएका छन् । 

ति अधिकृत ताक परे तिवारी, नत्र गोतामै भनेझैं कहिले एमाले, कहिले माओवादी त कहिले काँग्रेसतिर ढल्किन माहिर रहेको यसअघिका खेलमन्त्रीले समेत भनेको बताइन्छ । तर एक मिहनाको अवधिमा मन्त्री गहतराज ती कर्मचारीको फन्दामा परेर उठ भने उठ र बस भने बस को स्थितिमा पुगेको देखेर स्काउटका वरिष्ठ गुरुहरु चकित छन् ।  

नेपाल स्काउटमा पहिलोपटक यस्तो लाजमर्दो घटना हुन लागेको भनेर नेपाल स्काउट प्रगतिशील केन्द्रीय संघर्ष समितिले तिनै मन्त्री गहतराज र स्काउटका संरक्षक प्रधानमन्त्री देउवालाई भोलि हुन लागेको सो दिक्षान्त कार्यक्रम गैरकानुनी भएकोले नगर्न र नगराउन पत्र लेखेको छ ।