विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले आइतबार विश्वासको मत लिने भएका छन् ।
आज (शुक्रबार)को प्रदेश सभाको बैठकमा विश्वासको मतको लागि प्रस्ताव पेश गर्ने तय भएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा आज विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने निर्णय भएको हो । मत विभाजन आइतबार बस्ने बैठकमा हुने स्रोतले बताएको छ ।
यता विपक्षी दलले भने आजकै बैठकमा मतदान हुनुपर्ने माग राखेका थिए ।











