४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वासको मतको प्रस्ताव पेश



अ+ अ-

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि सभामा प्रस्ताव पेश गर्नुभयो । नेपालको संविधानको धारा १८८ को उपधारा९२० तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम९४० बमोजिम सदनमा सो प्रस्ताव पेश भएको हो ।
    
मुख्यमन्त्री आचार्यले प्रस्ताव पेश गर्नुअघि केही दिनअघि अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले अविरल वर्षाकै कारण प्रदेशमा ७० जनाले ज्यान गुमाएका, १८ जना घाइते र १२ जना बेपत्ता, ४० वटा घर बगाएको र एक हजार ८२५ घरमा आंशिक क्षति भएको जानकारी गराउनुभयो । 
    
उहाँले अविरल वर्षाकै कारण प्रदेशमा १० हेक्टर जमिनमा लगाइएको धानबाली पूर्णरुपमा क्षति भएको र लगभग ५० हजार हेक्टर जग्गाको धानबालीमा आंशिक क्षति भएको तथा अन्य क्षतिको विवरण आउन बाँकी रहेको जनाउँदै मृतकका प्रति परिवारलाई रु एक लाख, पूर्ण क्षति भएको घरलाई रु तीन लाख, आंशिक क्षति भएको परिवारलाई रु ३५ हजार र सामान्य क्षति भएका परिवारलाई रु १५ हजार राहतस्वरुप प्रदेश सरकारले प्रदान गर्ने जानकारी दिनुभयो ।
    
मुख्यमन्त्री आचार्यले धानबालीमा भएको क्षतिप्रति प्रदेश सरकारले कृषकको क्षतिमा २५ प्रतिशत राहत प्रदान गर्ने बताउनुभयो । प्रदेशसभाको अर्को बैठक कात्तिक ७ गते मध्याह्न १२ः३० बजे बस्ने र विश्वासको मत विभाजनबाट हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।




भर्खरै