१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सोचे जस्तो यहाँ हुँदो रहेनछः उपाध्यक्ष दाहाल

सोचे जस्तो यहाँ हुँदो रहेनछः उपाध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले प्रतिनिधिसभामा उत्पन्न राजनीतिक विवादले राष्ट्रियसभाको बैठक प्रभावित हुनुहुँदैन भन्ने आफ्नो मान्यता रहेको बताउनुभएको छ । 

आफ्नो कार्यकालको उपलब्धिबारे कुराकानी गर्दै उहाँले विज्ञको प्रतिनिधित्व भएको स्थायी सदनका रूपमा व्याख्या गरी रहँदा प्रतिनिधिसभामा उत्पन्न राजनीतिक विवादले राष्ट्रियसभालाई छोयो, सभा सञ्चालन हुन सकेन, जुन हुनुहुँदैन भन्ने मलाई लागेको छ भन्नुभयो । उपाध्यक्ष दाहालले भन्नुभयो, “चार वर्षको अवधिमा गर्न पर्ने धेरै थियो, हिजो जुन सोचेर आएको थिए, सोचे जस्तो यहाँ हुँदो रहेनछ । कोरोना र राजनीतिक सङ्क्रमणले पछिल्ला दुई वर्ष काम कारबाही अघि बढाउने सवालमा झन ओझेलमा पर्यो ।”

सातै प्रदेशका उपसभामुख भेलाबाट पारित  घोषणापत्र कार्यान्वयन भएमा सरकार, सङ्घीय संसद् र प्रदेशसभा संविधानको मर्म र भावना अनुरूप समावेशी मुद्दा कार्यान्वयनमा सहजता हुने बताउँदै उहाँले वर्तमान अवस्थामा जस्तै प्रदेशका सभामुख, प्रदेश प्रमुख र मुख्यमन्त्री पुरुष मात्र हुने प्रवृत्तिको अन्त्य भई समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न जरुरी भएको धारणा राख्नुभयो ।

उपाध्यक्ष दाहालले भन्नुभयो, “चार वर्षे कार्यकालमा संसदीय समिति बैठक र प्रदेशसभा भाग लिन नपाएकोमा खल्लो महसुस लागेको छ । संसदीय अभ्यासमा धेरै अनुभव भए पनि आफैँले सभा सञ्चालन र अन्त्य गर्न तथा सभामा बोल्न नपाएकोमा सोचे जस्तो भएन भन्ने लागेको छ । 

कानुनमा उपाध्यक्षले सदन चलाउन नपाइने भन्ने थिएन, आगामी दिनमा सदन चलाउन र बोल्न पाउने संस्कार सुरु गर्नुपर्छ ।” उपाध्यक्ष दाहालसहित तीन विषयगत समितिका सभापतिसहित २० राष्ट्रियसभा सदस्यको चारवर्षे कार्यकाल आजैदेखि समाप्त हुँदैछ ।