१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस काउन्सिलः १६ युट्युब च्यानललाई कारबाही लागि सिफारिस, १० वेब पोर्टलमाथि प्रतिबन्ध



अ+ अ-

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहीता प्रतिकुल सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चारजगतलाई आग्रह गरेको छ ।

शुक्रवार प्रेस काउन्सिल नेपालले प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार आचारसंहीता प्रतिकुल सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चारजगतलाई आग्रह गरेको हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय एक अभिनेता र एक गायिकाका विषयमा विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जाल (युट्यूब) बाट सम्प्रेषण भएका सामग्रीहरूप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकषर्ण भएको बताउनु भयो । उहाँले आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराइएको, दर्ता र सूचीकरण नभएका १० वेब पोर्टलहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको र कुनै मिडियाअन्तर्गत आवद्ध नभएका १६ युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस गरिएको पनि जानकारी दिनुभयो । 

अध्यक्ष बस्नेतले अनुगमनका क्रममा विभिन्न सञ्चार माध्यम, वेबपोर्टल र सामाजिक सञ्जाल (खासगरी युट्युब) समेतबाट वैयक्तिक गोपनीयताको प्रतिकुल हुने, पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरी नाम, तस्बिर, भिडियो सामग्री सम्प्रेषण गर्ने, न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्ष–विपक्षमा सामग्री सम्प्रेषण भइरहेका तथ्यहरू फेला परेको बताउनु भयो ।  त्यस्तै विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्ष/विपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५(११), ५(४) र ४(९) को ठाडो उल्लङ्घन भएको पनि बताउनु भयो ।

अध्यक्ष बस्नेतले भन्नुभयो, ‘हामीले अनलाइनतर्फ सामाजिक सञ्जाल खासगरी युट्यूबमा प्रशारित सामग्रीको विषयमा केही महिनादेखि गम्भीररुपमा अनुगमन गरिरहेका छौँ । कतिपयलाई सचेत पनि गर्दै आइरहेका छौँ । पछिल्लो समयमा चर्चित कलाकारहरुको नाम जोडेर तस्बिर राखेर, भिडियो राखेर जुन खालका सामग्रीहरु प्रशारण भए ती सामग्री गैरकानूनि छन् । हामीले पत्रकार आचारसंहीता र नियम कानून विपरित सम्प्रेषण गर्नेहरुलाई यसअघि नै सचेत गराएका थियौँ । तर आज बन्द, बन्द गर्न सिफारिस पनि गरेका छौँ । सचेत पनि गराएका छौँ र त्यस्ता युट्यूब च्यानलहरुलाई कानूनअनुसार कारबाही गर्न सम्बन्धित निकायलाई पत्राचार गरेका पनि छौँ ।’

अध्यक्ष बस्नेतले अनलाइन टिभी, सामाजिक सञ्जाल (विशेषगरी युट्युुब च्यानल) हरूमा सम्पे्रषित सामग्रीबारे प्रेस काउन्सिल नेपालमा उजुरी र गुनासाहरू बढिरहेका सन्दर्भमा यसको नियमन र व्यवस्थापनका निमित्त सुझाव दिनका लागि एक कार्यदल गठन भइ कार्य भइरहेको पनि बताउनु भयो ।