१५ असार २०८३, सोमबार
,
Latest
विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’ भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा सत्तारुढ दलभित्र किचलो, तीन मन्त्रीले राजिनामा दिने तयारी



अ+ अ-

वीरेन्द्रनगरः गठबन्धनमा रहेका सत्तारुढ दलभित्रै किचलोमा परेको कर्णाली प्रदेश सरकारबाट तीन जना मन्त्रीले राजिनामा दिने तयारी गरेका छन् । उनीहरुले आगामी कार्तिक १३ गते अघि नै राजिनामा दिन लागेका हुन् ।

तत्कालीन नेकपा एमालेबाट सांसद रहेका तीन जनाले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई गत वैशाखमा विश्वासको मत दिएका थिए ।

स्रोतका अनुसार राजिनामा गर्न लागेकाहरुमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मर बहादुर थापा, उद्योग मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था मन्त्री कुर्मराज शाही रहेका छन् ।

तीन जनाले राजिनामा गर्न लागेसँगै मुख्यमन्त्री शाहीले नयाँ मन्त्रीको नाम चयन गर्न लागेको बताइएको छ । शाहीको मन्त्रिपरिषदमा पाँच जनाले अवसर प्राप्त गर्नेछन् । स्रोतका अनुसार काँग्रेसका तीन, माओवादीका तीन र समाजवादीका दुई जना मन्त्री हुने सम्भावना छ ।

कर्णालीमा आलोपालो सरकार बनाउने भन्दै काँग्रेसका जीवन बहादुर शाहीले मुख्यमन्त्रीका लागि पहल थालेका छन् । तर मुख्यमन्त्री शाहीले गठबन्धनको सरकार टिकाएर आफैं मुख्यमन्त्रीमा रहिरहने तयारी गरेका छन् ।