१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा सत्तारुढ दलभित्र किचलो, तीन मन्त्रीले राजिनामा दिने तयारी



अ+ अ-

वीरेन्द्रनगरः गठबन्धनमा रहेका सत्तारुढ दलभित्रै किचलोमा परेको कर्णाली प्रदेश सरकारबाट तीन जना मन्त्रीले राजिनामा दिने तयारी गरेका छन् । उनीहरुले आगामी कार्तिक १३ गते अघि नै राजिनामा दिन लागेका हुन् ।

तत्कालीन नेकपा एमालेबाट सांसद रहेका तीन जनाले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई गत वैशाखमा विश्वासको मत दिएका थिए ।

स्रोतका अनुसार राजिनामा गर्न लागेकाहरुमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मर बहादुर थापा, उद्योग मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था मन्त्री कुर्मराज शाही रहेका छन् ।

तीन जनाले राजिनामा गर्न लागेसँगै मुख्यमन्त्री शाहीले नयाँ मन्त्रीको नाम चयन गर्न लागेको बताइएको छ । शाहीको मन्त्रिपरिषदमा पाँच जनाले अवसर प्राप्त गर्नेछन् । स्रोतका अनुसार काँग्रेसका तीन, माओवादीका तीन र समाजवादीका दुई जना मन्त्री हुने सम्भावना छ ।

कर्णालीमा आलोपालो सरकार बनाउने भन्दै काँग्रेसका जीवन बहादुर शाहीले मुख्यमन्त्रीका लागि पहल थालेका छन् । तर मुख्यमन्त्री शाहीले गठबन्धनको सरकार टिकाएर आफैं मुख्यमन्त्रीमा रहिरहने तयारी गरेका छन् ।