• ८ आश्विन २०८०, सोमबार
  •      Mon Sep 25 2023
  •   Unicode
Logo
Latest
★   पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द ★   बाजुरामा भाइरल ज्वरोको कारणले दुई जनाको मृत्यु ★   गैँडा मार्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ ★   सडक व्यापार व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकालाई दबाब दिन मिल्दैन: सुनिता डंगोल ★   भोलिबाट इन्द्रजात्रा शुरु हुने, २० जना विदेशी पाहुना आउने ★   कोशी प्रदेश: मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै ★   कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै ★   सडकमै सुतेर शिक्षकहरुले गरे आन्दोलन– तस्बिरहरु ★   धावक बैकुण्ठ मानन्धरलाई १५ हजार राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान-२०८०’ प्रदान गरिने ★   कुलेश्वरमा ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

माओवादी केन्द्रीय समितिको आजको बैठकमा के–के छलफल भयो ?



काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को बहुप्रतिक्षित केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक विषय, हालै प्रतिनिधिसभाबाट पारित भएको अमेरिकी सहयोग सम्झौता एमसिसी, पार्टीका नेताहरुको पद विभाजन लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । 

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीको सम्बन्धमा पछिल्लो पटक आफूले लिएको निर्णय देश र जनताको हितमा रहेको बताउनुभयो । प्रतिमगन विरुद्धको अभियानका क्रममा गठन भएको गठबन्धनसमेत टुट्ने अवस्था आएपछि एमसिसीका सम्बन्धमा व्याख्यात्मक घोषणा गररै भए पनि सहमति जुटाइएको र देशलाई जोगाउन सफल भएको उहाँको भनाइ थियो । 

अध्यक्ष प्रचण्डले माओवादी परिमार्जन विना एमसिसी पास गर्ने पक्षमा नभए पनि गठबन्धनलाई जोगाउनका लागि व्याख्यात्मक घोषणा गर्न सहमत भएको एवं एमाले र सो पार्टीका अध्यक्ष केपी ओलीको चाहना गठबन्धन भत्काउनेतर्फ केन्द्रित भएकाले त्यसलाई रोकिएको स्पष्ट पार्नुभयो । 

एमसिसीका कारण गठबन्धनभित्र विवाद भए पनि त्यसलाई अन्तिममा मिलाइएको र गठबन्धन जोगिएको अध्यक्ष प्रचण्डको भनाइ रहेको थियो । व्याख्यात्मक घोषणासहितको एमसिसी अमेरिकाले स्वीकार गरेको दाबी गर्दै उहाँले कार्यान्वयनको क्रममा कुनै समस्या देखिए त्यसलाई सूचना दिएर एकतर्फी रुपमा खारेज गर्न सकिने धारणा राख्नुभयो । 

“नेपालको सार्वभौमिकतालाई कमजोर पार्ने कुनै पनि व्यवस्था र प्रावधान स्वीकार्न सकिँदैन । प्राकृतिक स्रोतसाधन नेपालको बाहेक अरुको हुन सक्दैन । लेखापरीक्षण लगायतका विषय नेपालले नै गर्न पाउनुपर्छ भन्नेमा हामी सहमत छौँ”, उहाँले भन्नुभयो । माओवादी बिनै एमसिसी पारित गर्नका लागि सभामुखलाई महाभियोग लगाउने तयारी भएकाले आफूहरु व्याख्यात्मक घोषणाका लागि तयार भएको उहाँको भनाइ थियो । 

व्याख्यात्मक टिप्पणीबारे विज्ञहरुसँग पनि लामो छलफल गरेको स्मरण गर्दै अन्तरराष्ट्रिय सम्बन्धका जानकारले दिएको सुझावका आधारमा निष्कर्ष निकालिएको अध्यक्ष प्रचण्डको भनाइ थियो । शान्ति प्रक्रिया टुङ्गिएको अवस्था भएको भए एमसिसीका बारेमा फरक प्रकारको निर्णय लिन सकिने अवस्था आउने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियालाई टुङ्गोमा पुग्न नदिन अझै पनि षड्यन्त्र भइरहेको बताउनुभयो । 

बैठकमा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी निर्णय विपरीत गएर एमसिसी सम्झौता अनुमोदन गर्दा त्यसबाट राम्रो प्रभाव नपरेको धारणा राख्नुभयो । उहाँले एमसिसीका सम्बन्धमा गरिएको निर्णयले पार्टीलाई क्षति पु¥याउने बताउनुभयो । नेता श्रेष्ठले पार्टी कठिन मोडमा पुगेको भन्दै यस्तो बेला सोच विचारपूर्ण निर्णय गर्नुपर्ने उल्लेख गर्नुभयो । बैठकमा पार्टी निर्णय विपरीत एमसिसी अनुमोदन गरिएको भन्दै केही नेताले फरक मत राख्नुभएको छ । 

माओवादीको केन्द्रीय समितिको अर्को बैठक आगामी आइतबार बस्ने गरी स्थगित भएको छ । आइतबारसम्म थप तयारी गरेर आगामी कार्यदिशा तय गरिने माओवादी नेतृत्वले जनाएको छ ।