१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

माओवादी केन्द्रीय समितिको आजको बैठकमा के–के छलफल भयो ?

माओवादी केन्द्रीय समितिको आजको बैठकमा के–के छलफल भयो ?
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को बहुप्रतिक्षित केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक विषय, हालै प्रतिनिधिसभाबाट पारित भएको अमेरिकी सहयोग सम्झौता एमसिसी, पार्टीका नेताहरुको पद विभाजन लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । 

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीको सम्बन्धमा पछिल्लो पटक आफूले लिएको निर्णय देश र जनताको हितमा रहेको बताउनुभयो । प्रतिमगन विरुद्धको अभियानका क्रममा गठन भएको गठबन्धनसमेत टुट्ने अवस्था आएपछि एमसिसीका सम्बन्धमा व्याख्यात्मक घोषणा गररै भए पनि सहमति जुटाइएको र देशलाई जोगाउन सफल भएको उहाँको भनाइ थियो । 

अध्यक्ष प्रचण्डले माओवादी परिमार्जन विना एमसिसी पास गर्ने पक्षमा नभए पनि गठबन्धनलाई जोगाउनका लागि व्याख्यात्मक घोषणा गर्न सहमत भएको एवं एमाले र सो पार्टीका अध्यक्ष केपी ओलीको चाहना गठबन्धन भत्काउनेतर्फ केन्द्रित भएकाले त्यसलाई रोकिएको स्पष्ट पार्नुभयो । 

एमसिसीका कारण गठबन्धनभित्र विवाद भए पनि त्यसलाई अन्तिममा मिलाइएको र गठबन्धन जोगिएको अध्यक्ष प्रचण्डको भनाइ रहेको थियो । व्याख्यात्मक घोषणासहितको एमसिसी अमेरिकाले स्वीकार गरेको दाबी गर्दै उहाँले कार्यान्वयनको क्रममा कुनै समस्या देखिए त्यसलाई सूचना दिएर एकतर्फी रुपमा खारेज गर्न सकिने धारणा राख्नुभयो । 

“नेपालको सार्वभौमिकतालाई कमजोर पार्ने कुनै पनि व्यवस्था र प्रावधान स्वीकार्न सकिँदैन । प्राकृतिक स्रोतसाधन नेपालको बाहेक अरुको हुन सक्दैन । लेखापरीक्षण लगायतका विषय नेपालले नै गर्न पाउनुपर्छ भन्नेमा हामी सहमत छौँ”, उहाँले भन्नुभयो । माओवादी बिनै एमसिसी पारित गर्नका लागि सभामुखलाई महाभियोग लगाउने तयारी भएकाले आफूहरु व्याख्यात्मक घोषणाका लागि तयार भएको उहाँको भनाइ थियो । 

व्याख्यात्मक टिप्पणीबारे विज्ञहरुसँग पनि लामो छलफल गरेको स्मरण गर्दै अन्तरराष्ट्रिय सम्बन्धका जानकारले दिएको सुझावका आधारमा निष्कर्ष निकालिएको अध्यक्ष प्रचण्डको भनाइ थियो । शान्ति प्रक्रिया टुङ्गिएको अवस्था भएको भए एमसिसीका बारेमा फरक प्रकारको निर्णय लिन सकिने अवस्था आउने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियालाई टुङ्गोमा पुग्न नदिन अझै पनि षड्यन्त्र भइरहेको बताउनुभयो । 

बैठकमा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी निर्णय विपरीत गएर एमसिसी सम्झौता अनुमोदन गर्दा त्यसबाट राम्रो प्रभाव नपरेको धारणा राख्नुभयो । उहाँले एमसिसीका सम्बन्धमा गरिएको निर्णयले पार्टीलाई क्षति पु¥याउने बताउनुभयो । नेता श्रेष्ठले पार्टी कठिन मोडमा पुगेको भन्दै यस्तो बेला सोच विचारपूर्ण निर्णय गर्नुपर्ने उल्लेख गर्नुभयो । बैठकमा पार्टी निर्णय विपरीत एमसिसी अनुमोदन गरिएको भन्दै केही नेताले फरक मत राख्नुभएको छ । 

माओवादीको केन्द्रीय समितिको अर्को बैठक आगामी आइतबार बस्ने गरी स्थगित भएको छ । आइतबारसम्म थप तयारी गरेर आगामी कार्यदिशा तय गरिने माओवादी नेतृत्वले जनाएको छ ।