२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध विराटनगर विमानस्थल सञ्चालनमा



अ+ अ-

विराटनगर । बेमौसमी वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि अवरुद्ध हवाई सेवा आज बिहानदेखि सञ्चालनमा आएको छ । 

यही कात्तिक १ र २ गतेको अविरल वर्षापछि आएको बाढीले गत मङ्गलबार विमानस्थल डुबानमा परेपछि यहाँबाट हुने सबै उडान अवरुद्ध भएको थियो । विमानस्थलको सबै उपकरणको चेकजाँच नसकिएकाले विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र उडान हुने विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख उत्सव खरेलले जानकारी दिनुभयो । 

विराटनगरबाट हुने उडान सेवा अवरुद्ध भएपछि यात्रुको सुविधाका लागि विमान कम्पनीले विकल्पका रुपमा भद्रपुरबाट  उडान थपेर भएपनि सेवा दिइरहेका थिए । विराटनगर विमानस्थलबाट दैनिक बुद्ध एयरको नौ, यति एयरको पाँच, सौर्य एयर र श्री एयरलाइन्सले चार÷चार तथा गुण एयरलाइन्सले एकवटा उडान भर्दै आएको छ ।