२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग : म्यान्चेस्टर सिटीले ब्राइटनलाई हरायो



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।

यो जितसँगै सिटीले ९ खेलबाट २० अंक जोड्दै लिगको दोस्रो स्थानमा कायमै छ । पहिलो स्थानमा रहेको चेल्सीको ९ खेलबाट २२ अंक जोडेको छ ।

सिटीका लागि फिल फोडेनले दुई गोल गरेका थिए । उनले २८ र ३१ औं मिनेटमा गोल गरेका थिए । अरु दुई गोल मध्ये एल्की गुन्डोगानले १३ औं र रियाद महारेजले ९५ औं मिनेटमा गोल गरेका थिए ।

शुरुदेखि नै दबाबमा खेल्नु परेको ब्राइटनका तर्फबाट एक मात्र गोल ८१ औं मिनेटमा अलेक्सिस म्याक अलिस्टरले पेनाल्टी मार्फत गरेका थिए ।

गए राति नै भएका अन्य खेलहरुमा क्रिस्टल प्यालेस र न्यूक्यासल तथा उल्भ्स र लिड्स युनाइटेड बीचका खेलहरु १–१ को बराबरीमा सकिएका थिए भने वाटफोर्डले एभर्टनलाई नाटकीय रुपमा ५–२ गोल अन्तरले पराजित गरेको थियो । यस्तै साउथह्याम्प्टन र बर्नलीबीचको खेल २–२ गोलले बराबरी भएको थियो ।

आज आइतबार राति नेपाली समय अनुसार ९.१५ बजे म्यान्चेस्टर युनाइटेड र लिभरपुलबीच खेल हुँदैछ । यस्तै टोटेनह्याम र वेस्टह्याम युनाइटेड तथा बेन्टफोर्ड र लेस्टर सिटीबीचका खेलहरु पनि आजै राति हुँदैछन् ।