१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग : म्यान्चेस्टर सिटीले ब्राइटनलाई हरायो



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।

यो जितसँगै सिटीले ९ खेलबाट २० अंक जोड्दै लिगको दोस्रो स्थानमा कायमै छ । पहिलो स्थानमा रहेको चेल्सीको ९ खेलबाट २२ अंक जोडेको छ ।

सिटीका लागि फिल फोडेनले दुई गोल गरेका थिए । उनले २८ र ३१ औं मिनेटमा गोल गरेका थिए । अरु दुई गोल मध्ये एल्की गुन्डोगानले १३ औं र रियाद महारेजले ९५ औं मिनेटमा गोल गरेका थिए ।

शुरुदेखि नै दबाबमा खेल्नु परेको ब्राइटनका तर्फबाट एक मात्र गोल ८१ औं मिनेटमा अलेक्सिस म्याक अलिस्टरले पेनाल्टी मार्फत गरेका थिए ।

गए राति नै भएका अन्य खेलहरुमा क्रिस्टल प्यालेस र न्यूक्यासल तथा उल्भ्स र लिड्स युनाइटेड बीचका खेलहरु १–१ को बराबरीमा सकिएका थिए भने वाटफोर्डले एभर्टनलाई नाटकीय रुपमा ५–२ गोल अन्तरले पराजित गरेको थियो । यस्तै साउथह्याम्प्टन र बर्नलीबीचको खेल २–२ गोलले बराबरी भएको थियो ।

आज आइतबार राति नेपाली समय अनुसार ९.१५ बजे म्यान्चेस्टर युनाइटेड र लिभरपुलबीच खेल हुँदैछ । यस्तै टोटेनह्याम र वेस्टह्याम युनाइटेड तथा बेन्टफोर्ड र लेस्टर सिटीबीचका खेलहरु पनि आजै राति हुँदैछन् ।