२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

निगमद्वारा सुदूर पहाडी जिल्लामा भाडादर कायम



अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ । वर्षाका कारण पहाडी जिल्लामा सडक अवरुद्ध भएपछि निगमले हवाई सेवा सञ्चालनका लागि भाडादर कायम गरेको हो ।

धनगढीबाट डोटी रु दुई हजार ६१५ र डोटीबाट धनगढी रु दुई हजार ५१५, धनगढीबाट बझाङ रु तीन हजार ९९५ र बझाङबाट धनगढी रु तीन हजार ८९५ हवाई भाडादर कायम गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिनुभया । यात्रुको चाप बढेपछि धनगढीलाई आधार बनाएर पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आजदेखि परीक्षण उडान हुने उहाँको भनाइ छ । उहाँका अनुसार आज पहिलो दिन धनगढीबाट डोटीको दीपायल र दोस्रो उडान बझाङमा हुँदैछ ।
 
धनगढीबाट पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उडानका लागि तालिका सार्वजनिक गरिसकेको जनाएको छ । हवाई भाडा सस्तो भएको हुँदा नियमित उडान गर्नुपर्ने यहाँका बासिन्दाको माग छ । एउटा एयरलाइन्सले मात्र उडान गर्दा यात्रुलाई झन् समस्या भइरहेको विमानस्थलले जनाएको छ ।

पहाडी जिल्लमा हवाइ सेवा सञ्चालन हुने भएपछि गत असोज ३१ गते आइतबारदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि दसैँ मनाउन घर आएका काठमाडौँ, पोखरा, धनगढी, नेपालगञ्जलगायत बाहिर जिल्लामा अध्ययनरत विद्यार्थी तथा कर्मचारी आफ्नो कर्मथलो फर्कन सहज हुने जनाइएको छ ।