१५ असार २०८३, सोमबार
,
Latest
उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन रुप फेरिएको नयाँ बसपार्क यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फोटो फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश
तपाईं के खोज्दै हुनुहुन्छ ?

महन्थ ठाकुर ओलीको पियन बने त म के गरुँ ? : अध्यक्ष यादव



फाइल फोटो
अ+ अ-

रौतहट । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर केपी शर्मा ओलीको पियन बनेको आरोप लगाएका छन् । शनिबार रौतहटको सुकदेव चौकमा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ठाकुरलाई प्रधानमन्त्री बनाउन खोजेपनि ठाकुर ओलीको पियन बनेको आरोप लगाएका हुन् । 

‘हामीले त उनलाई पिएम बनाउन अगाडि बढाएका थियौँ तर उनी त केपी ओलीको पियन बने त म के गरुँ ? उहाँ मधेश र मधेसीको दायित्वबाट पछि हटेर ओलीको पछिपछि लाग्नुभयो, उनले भने।’

अध्यक्ष यादवले संसदीय प्रणाली खसीबाख्रा खरिद बिक्री गर्नेजस्तो भएकाले यसलाई हटाएर सिधैँ जनताबाट निर्वाचित कार्यकारी अधिकार सम्पन्न राष्ट्रपति प्रणालीमा जानुपर्ने बताए । अहिलेको निर्वाचन प्रणाली निकै महँगो हुँदै गएको र यसलाई परिवर्तन गरेर पूर्ण समानुपातिक प्रणालीको निर्वाचन प्रणाली हुनुपर्ने उनले बताए । 

‘विद्यालय व्यवस्थापन समितिको चुनावमा त लाखौँ खर्च हुनथालिसक्यो’ यादवले भने, ‘पालिका, प्रदेश र संघिय चुनावमा त कति खर्च हुन्छ । यही प्रणाली रहिरहने हो भने इमान्दार व्यक्तिभन्दा पैसावाला व्यक्ति मात्र चुनाव उठ्ने र जित्ने हुन्छ ।’