१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महन्थ ठाकुर ओलीको पियन बने त म के गरुँ ? : अध्यक्ष यादव



फाइल फोटो
अ+ अ-

रौतहट । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर केपी शर्मा ओलीको पियन बनेको आरोप लगाएका छन् । शनिबार रौतहटको सुकदेव चौकमा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ठाकुरलाई प्रधानमन्त्री बनाउन खोजेपनि ठाकुर ओलीको पियन बनेको आरोप लगाएका हुन् । 

‘हामीले त उनलाई पिएम बनाउन अगाडि बढाएका थियौँ तर उनी त केपी ओलीको पियन बने त म के गरुँ ? उहाँ मधेश र मधेसीको दायित्वबाट पछि हटेर ओलीको पछिपछि लाग्नुभयो, उनले भने।’

अध्यक्ष यादवले संसदीय प्रणाली खसीबाख्रा खरिद बिक्री गर्नेजस्तो भएकाले यसलाई हटाएर सिधैँ जनताबाट निर्वाचित कार्यकारी अधिकार सम्पन्न राष्ट्रपति प्रणालीमा जानुपर्ने बताए । अहिलेको निर्वाचन प्रणाली निकै महँगो हुँदै गएको र यसलाई परिवर्तन गरेर पूर्ण समानुपातिक प्रणालीको निर्वाचन प्रणाली हुनुपर्ने उनले बताए । 

‘विद्यालय व्यवस्थापन समितिको चुनावमा त लाखौँ खर्च हुनथालिसक्यो’ यादवले भने, ‘पालिका, प्रदेश र संघिय चुनावमा त कति खर्च हुन्छ । यही प्रणाली रहिरहने हो भने इमान्दार व्यक्तिभन्दा पैसावाला व्यक्ति मात्र चुनाव उठ्ने र जित्ने हुन्छ ।’