३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियामा बन्दुकधारीले कारागारमा आक्रमण गरी ८०० भन्दा बढी कैदी भगाए



अ+ अ-

अुबजा । नाइजेरियाको ओयो राज्यमा रहेको एक कारागारमा हमला गरी त्यहाँबाट ८०० भन्दा बढी कैदी भगाएका छन् । एक अज्ञात बन्ददुकधारीले नाइजेरियाको सो कारागारमा हमला गरेपछि त्यहाँबाट ती थुनुवा भागेका बताइएको छ ।

अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार राति नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा रहेको सो कारागारमा अज्ञात बन्दुकधारीले हमला गरेका थिए । हमला गरेपछि जेल तोडेर ती बन्दी भागेका यहाँको गृह मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । 

ओयो राज्यको कारागार विभागका प्रवक्ता अ‍ेलानेग्रु अन्जोरिनले सो कुराको पुष्टि गर्नुभएको छ । उहाँले शनिबार राति अज्ञात बन्दुकधारीहरुले हमला गर्दा ८३७ जना थुनुवा त्यहाँबाट भागेका थिए । उनीहरुमध्ये कतिपय पुर्पक्षका लागि थुनामा थिए भने कतिपय वर्षौँसम्म जेल सजायँ तोकिएका व्यक्ति थिए । जेल तोडेर भागेका उनीहरुको खोजी प्रहरीले थालेको पनि प्रवक्ता अन्जोरिनले बताउनुभएको छ । 

भागेका मध्ये २४२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पुनः पक्राउ गरेको छ । अरु भागेका र उनीहरुको पनि खोजी कार्य जारी रहेको यहाँको कारागार सुरक्षाका विभागका अधिकारीले जानकारी दिएका छन् । (रासस-सिन्ह्वा)