३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमालियामा सेना र विद्रोहीबीचको भिडन्तमा २० को मृत्यु



अ+ अ-

मोगादिसु । सोमालियाको राजधानी मोगादिसु भन्दा केही बाहिरको राज्य गुरेल नगरमा शनिबार भएको भिडन्तमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । ज्यान जानेमा १७ जना इस्लामिक विद्रोही र अरु तीन जना यहाँको राष्ट्रिय सेनाका सदस्य रहेका छन् । सोमालियाली सेनाका एक अधिकारीले सो भिडन्तका क्रममा अरु ४० जना विद्रोही घाइते भएका बताएका छन् । 

शनिबार बिहान सोमाली सेनाले सहयोग गरेको गालमुदग समूह र यहाँको इस्लामिक विद्रोही समूहका बीचमा लामो समयसम्म भिडन्त भएको थियो । भिडन्तपछि कतिपय इस्लामिक विद्रोही समूहका उच्च तहका कमाण्डरहरु पनि मारिएको बताइएको छ । सो नगरमा यसअघि विद्रोहीले कब्जा गरेको जनाएका थिए । सो कब्जाबाट छुटाउनका लागि यहाँको सेनाले पनि आफ्नो समर्थनको सशस्त्र समूहलाई अघि सारेको थियो । 

शनिबारको लामो भिडन्तपछि उक्त नगर विद्रोहीको कब्जाबाट फिर्ता लिइएको सोमाली सेनाले जनाएको छ । सो नगरमा पहिले पनि यस्तै प्रकारको भिडन्त हुँदा दर्जनौँ मानिसको ज्यान गएको थियो । (रासस-सिन्ह्वा)