२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश हटाउन बेञ्च नतोक्न माग गर्नेदेखि बहिष्कार गर्ने सम्मको तयारी



अ+ अ-

काठमाडौं  ।  सत्तासँग विभिन्न विषयमा सौदाबाजी गरेको आरोप लगाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा गराउन बाध्य पार्ने रणनीतिमा सर्वोच्च अदालतका १० न्यायाधीश सक्रिय भएका छन् । उनीहरुबीच औपचारिक वा अनौपचारिक छलफल भएको पुष्टि गर्दै स्रोतले न्युजपोलारलाई यस्तो जानकारी गराएको हो ।

स्रोतका अनुसार आज वा भोलि १० जना भन्दा बढी न्यायाधीशले प्रधानन्यायाधीश जबरासँग भेट गरी राजीनामा दिन सुझाव दिने र सुझाव नमाने आफूहरुलाई पेशी नतोक्न आग्रह गर्ने तयारी गरेका छन् । सुझाव बिपरीत प्रधानन्यायाधीशले पेशी तोके बेञ्च बहिष्कार गर्नेसम्मको तयारी भएको स्रोतले जानकारी दिएको छ । यसैक्रममा आइतबार नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले प्रधानन्यायाधीश जबरासँग पछिल्लो अवस्था र न्यायपालिकाको सुधारमा विषयमा छलफल गरेका छन् ।

बारका एक पदाधिकारीले भने, "छलफलमा एउटा औपचारिकता मात्र हो, उहाँहरुलाई पनि कतैबाट प्रधानन्यायाधीश हटाउने अभियानमा क्रियाशील भएर लाग्न निर्देशन छ, त्यो त्यसैको पालना मात्र हो ।"

सहकर्मीहरु नै आफू बिरुद्ध संगठित भएर लागेपछि अप्ठ्यारोमा पर्नु भएका प्रधानन्यायाधीश राणाले दसैं बिदाका समयमा चार जना पूर्व प्रधानन्यायाधीशहरु अनुपराज शर्मा, मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र शुसीला कार्कीसँग भेट गरी सहयोगको लागि आग्रह गर्नु भएको थियो । तर उहाँहरु चारै जनाले ७० वर्षको न्यायिक इतिहासमा न्यायपालिकाको साख यो हदसम्म यस पटक गिरेको भन्दै राणालाई राजीनामा दिन सुझाव दिनु भएको थियो ।

यो पनि पढ्नुहोस् –    चार पूर्व प्रधान न्यायाधीशको दैलोमा राणा, १० न्यायाधीशको अदालत भित्रै दबाब