१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकपः बंगलादेशमाथि श्रीलंकाको जित



अ+ अ-

काठमाडौं । श्रीलंकाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को खेलमा बंगलादेशलाई पराजित गरेको छ ।

दुबईको सारजाहमा आइतबार भएको खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले हराएको हो ।

बंगलादेशले दिएको १ सय ७२ रनको लक्ष्य श्रीलंकाले १८ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

श्रीलंकाको जितमा चारिथ असलन्काले अविजित रहदै ८० रनको अर्धशतकीय पारी खेले ।

यस्तै भानुका राजपाक्षेले ५२ रनको अर्धशतकीय इनिङ्सको साथ दिँदा पाथुम निशन्काले २४ रन जोडे ।

बंगलादेशका नासुम अहमेद र शकिब अल हसनले २/२ विकेट लिए ।  

यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

बंगलादेशका मोहमद नाइमले ६२ रनको अर्धशतकीय इनिङ्स खेले भने मुस्फिकर रहिमले अविजित रहदै ५२ रन जोडे ।

श्रीलंकाका चामिका करुनारत्ने, बेनुरा फर्नान्डो र लाहिरु कुमाराले १/१ विकेट लिए ।

जितसँगै समूह १ को श्रीलंकाले २ अंक जोड्न सफल भएको छ । श्रीलंका समूहको दोस्रो स्थानमा रहेको छ भने बंगलादेश पाँचौं स्थानमा रहेको छ ।