१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा सकस: १३ न्यायाधीशको इजलासमा पेशी तोकियो, ईजलास बस्ने नबस्ने बारे छलफलमा



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विवादका बिच सोमबारको पेसी तोक्नु भएको छ । प्रधानन्यायाधीश राणाले १० ओटा ईजलास गठन गर्नुभएको छ जसका ९ ओटा सयुक्त र १ एकल इजलास गठन गर्नुभएको छ । आजको पेशीमा भने राणाले आफुलाई ईजलास तोक्नु भएको छैन ।

प्रधानन्यायाधीश राणाले न्यायाधीश दिपककुमार कार्की र हरिप्रसाद फुयाँल, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र मनोजकुमार शर्मा, विश्वभरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गाना, प्रकाशमान सिंह राउत तथा सुष्मालता माथेमा र बमकुमार श्रेष्ठको एकल इजलासमा पेसी तोक्नु भएको छ ।

उता प्रधानन्याधीश राणाको बिपक्षीमा उभिएका अन्य १४ न्यायधीसले भने यस अघि ईजलास बहिष्कार गर्ने  अनौपचारिक सहमति गरेका थिए ।