पाँचथर । पाँचथरको फिदिममा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
मृत्यु हुनेमा मोरङको लेटाङ घर भएका प्रज्वल मगर, पाँचथर कुम्मायक माइती भएकी २३ वर्षीय प्रमिला देवान र उनका ७ महिने छोरा निश्चल देवान छन् ।
एक जना मृतकको भने पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका चालक सोमबहादुर राईसहित ६० जना घाइते छन् भएका छन् जसमध्ये २० को अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
फिदिम–यासोक सडक खण्डअन्तर्गत सिवाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस आज करिब साढे ११ बजे फिदिम–४ सरखण्डेमा दुर्घटना हुन पुगेको थियो ।