१५ असार २०८३, सोमबार
,
Latest
जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न रुसको सेन्ट पिटर्सबर्गमा भव्यताका साथ मनाइयो ‘स्कार्लेट सेल्स’ महोत्सव युरोपमा प्रचण्ड गर्मीको लहरः जलवायु परिवर्तनका कारण जनजीवन प्रभावित चीनको सिचुआनमा ५.५ म्याग्निच्युडको भूकम्पः १३ जना घाइते ८९ अंकसहित भरतपुर अस्पताल उत्कृष्ट जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरको दुताबासको बिजोग



अ+ अ-

काठमाडौँ । केपी ओली सरकारको पालमा नियु्क्त भएका विभिन्न देशका राजदुतहरु कोही स्वदेश फर्किसकेका छन् भने कोही फर्कन सुटकेस ठिक्क पारेर उडानको समय कुरेर बसेका छन् । यस्तै मध्येका एक उत्तरी छिमेकी मुलुक चीनका राजदुत महेन्द्र बहादुर पाण्डे पनि नियमित उडान नभए कारण स्वदेश फर्कन पाउनु भएको छैन । २ तारिख तीर चिनिया सेनाले नेपाली सेनालाई उपहार स्वरुप दिएको खोप सहित पाण्डे सोही उडानबाट नेपाल आउने तयारीमा रहनु भएको छ ।

पाण्डे फर्कदै गर्दा बेईजिङ स्थित दुताबास भने दुई शाखा अधिकृत र एक नायब सुब्बाको भरमा रहने छ । पराराष्ट्र मन्त्रालयका एक अधिकारीले न्युजपोलारसंग भने चीन कर्मचारीको रोजाईको देश होईन, एक त भाषाको समस्या, दोश्रो केटाकटीको विद्यालयको पनि त्यसैले अग्रेजी बोलीचाली हुने मुलुकमै जान चाहान्छन् । बेईजिङ पठाउने भनेको छ आरक्षणको कोटा र डम्प गर्न जस्तै हो  ।

ती अधिकारीले भने यस अघि उपसचिव रहनु भएका शुसील लम्साल देखी अहिले बाकी रहेको प्रशासन तर्फका कर्मचारीको कुनै न कुनै रुपमा त्यस्तै देखिन्छ । उनले भने, चीनको दुतावास सरकारको खासै प्राथामितामा परेको जस्तो पनि लाग्दैन । किनकी शुसील लम्सालको कार्यकाल सकेर फकिैपछि कुनै सहसचिव पठाएनन् अर्को उपसचिव पनि परिक्षाका लानि नेपाल आएपछि यतै परिक्षाको कारण देखाउदै बस्नु भयो ।

चीन जस्तो मुलुकले हाम्रो दुताबासको अवस्थाा र सरकारले देखाएको व्यवहार बारे कस्तो दृष्टिकोण बनाउला । कुनै बेला बिना अर्थ सहसचिव सरहको राजदुतलाई मन्त्री सरहको मान्यता दिएर हास्यास्पद निर्णय गरेको सरकारले  त्यसपछि भने वास्ता नै गर्दैन । नत्र चीनको राजदुतावासको किन बिजोग बनाउथो र ।  ती अधिकारीका अनुसार कोरानाका कारण चीन सरकारले नेपालसंग सिधा उडान तत्काल खोल्ने सम्भावना छैन । जसका कारण उच्च तहको कर्मचारीको पोष्टिङ हुने अबस्था देखिदैन भने अन्योलपूर्ण राजनीति भएको बोल नया राजदुतको नियुक्त हुने समय पनि टुङ्गो छैन ।

सामान्य अबस्थामा पनि राजदुत सिफरिस भएर उताबाट एग्रीमो आउन दुई देखी तीन महिना लाग्ने अबस्था यस पटक त्यो अबधी ६ महिना भन्दा बढी नलाग्ला भन्न सकिन्न । त्यतीबेला सम्म दुतवास लगभग नेतृत्व बिहिन हुन्छ । त्यसमा पनि बेईजिङ्ग ओलम्पिकमा चीनले बिभिन्न देशका सरकार प्रमुखहरुलाई आमन्त्रण गर्ने तयारी गरेका छ ।

रसियन राष्ट्रपति देखी विभिन्न मुलुकका राष्ट्रपतिहरु आउन सक्ने सम्भावना रहको चीन निकट एक कुटनीतिज्ञले अनुमान गरे । उनले भने यदि नेपालको राष्ट्रपतिलाई नै आमन्त्रण गरे हाम्रो दुतावासले कस्तो तयारी गर्ला ।  तयारी राम्रोसंग नभएर भ्रमण नभए त्यसले आगमाी दिनमा कुटनीतिमा कस्तो असर पर्ला कसैले सोचेको देखिएन ।