२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि काठमाडौंमा एस्ट्राजेनेकाको दोस्रो डोज लगाइँदै



अ+ अ-

काठमाडौं । आजदेखि काठमाडौंका आठ वटा नगरपालिकामा पहिलो खोप लगाएका व्यक्तिलाई एस्ट्राजेनेका खोपको दोस्रो डोज लगाइने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका, कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिकामा १८ वर्षभन्दा माथिका नागरिकलाई एस्ट्राजेनेकाको दोस्रो डोज लगाइनेछ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार महानगरपालिकाको हकमा वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप लगाउन सकिनेछ।

यी अस्पतालमा दुई दिन खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ। स्थानीय तहका खोप केन्द्रमा भने तीन दिनसम्म खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ।

काठमाडौं महानगरपालिकाले भोलिदेखि सबै वडामा खोप केन्द्र सञ्चालन गर्ने जनाएको छ। आवश्यकताको आधारमा खोप लगाउने अवधि पनि थप गर्न सक्ने पनि सूचनामा उल्लेख छ।

खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड बोक्नु पर्नेछ।