२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

रावलले किन त्यस्तो भन्नुभयो, म काठमाडौं गएर सोध्छु : अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा वडा अधिवेशन नै नभएको भन्ने उपाध्यक्ष भीम रावलको भनाइबारे पार्टीले वडा अधिवेशन गरेको बताएका छन्। 

एमालेले कात्तिक ६ गते छ हजारभन्दा बढी वडामा अधिवेशन सकिएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए पनि रावलले भने सुदूरपश्चिममा वडा अधिवेशन भएको जानकारी नआएको बताएका थिए।

सुदूरपश्चिममा वडा अधिवेशन नै नभएको भन्ने रावलको भनाइबारे आज मोरङमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले रावललाई काठमाडौं गएर सोध्ने बताएका हुन् । 'उहाँ (भीम रावल) ले किन त्यस्तो भन्नुभयो, म काठमाडौं गएर सोध्छु,’ ओलीले भने।

एमालेले आज पालिका अधिवेशन गर्दैछ।