१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रावलले किन त्यस्तो भन्नुभयो, म काठमाडौं गएर सोध्छु : अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा वडा अधिवेशन नै नभएको भन्ने उपाध्यक्ष भीम रावलको भनाइबारे पार्टीले वडा अधिवेशन गरेको बताएका छन्। 

एमालेले कात्तिक ६ गते छ हजारभन्दा बढी वडामा अधिवेशन सकिएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए पनि रावलले भने सुदूरपश्चिममा वडा अधिवेशन भएको जानकारी नआएको बताएका थिए।

सुदूरपश्चिममा वडा अधिवेशन नै नभएको भन्ने रावलको भनाइबारे आज मोरङमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले रावललाई काठमाडौं गएर सोध्ने बताएका हुन् । 'उहाँ (भीम रावल) ले किन त्यस्तो भन्नुभयो, म काठमाडौं गएर सोध्छु,’ ओलीले भने।

एमालेले आज पालिका अधिवेशन गर्दैछ।