२९ असार २०८३, सोमबार
,
Latest
मिडिया कार्यालय अगाडि शंकास्पद गाडी पार्किङ, आवतजावत प्रभावित आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल रोयल्टी दोब्बरपछि मिनी क्यासिनो संकटमा, ५ हजार रोजगारी र १५० करोड राजस्व जोखिममा २१३औँ भानु जयन्तीमा सभामुख अर्यालद्वारा आदिकवि भानुभक्तप्रति श्रद्धाञ्जली भिक्षु विद्यार्थीमाथि कुटपिटको आरोपपछि निष्पक्ष छानबिन र कारबाहीको माग डोलेश्वरमा श्रावणी मेलाको तयारी पूराः तीन लाख भक्तजन आउने अनुमान जाजरकोटमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु, दुई घाइते कञ्चनपुर गोबरग्यास ‘प्लान्ट’ जडान परिवर्तनको भ्रमबाट देश बदलिदैन : महासचिव पोखरेल पटक बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोग र सरकारको अक्षम्य अपराध- पूर्वमन्त्री प्रभु साह



अ+ अ-

काठमाडौं । माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका पूर्वमन्त्री प्रभु साहले रिक्त स्थानहरुमा संविधानत समयमैं उपचुनाव नगराउने निर्वाचन आयोग र सरकारको अपराध अक्षम्य भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रत्यक्ष निर्वाचित सांसद वा प्रदेश संसदको पद रिक्त भएमा बढीमा ६ महिनाभित्र चुनाव गराउनै पर्ने संवैधानिक व्यवस्थालाई समेत निर्वाचन आयोग र सरकारले नजरअन्दाज एवं खिल्ली उडाएको आरोप पनि साहले लगाएका छन् ।

त्यस्तै उनले यस अक्षम्य अपराधका हिस्सेदारहरुलाई तत्काल नैतिकताको आधारमा राजीनामा गर्न अथवा सार्वजनिक रुपमा आत्मालोचित भई माफी माग्दै यथाशीघ्र रिक्त स्थानहरुमा चुनाव गराउन सम्बन्धित पक्षहरुसंग माग समेत गरेका छन् । 

पूर्वमन्त्री प्रभु साहको स्ट्याटस्:

''माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका पूर्वमन्त्री प्रभु साहले रिक्त स्थानहरुमा संविधानत समयमैं उपचुनाव नगराउने निर्वाचन आयोग र सरकारको अपराध अक्षम्य

प्रत्यक्ष निर्वाचित सांसद वा प्रदेश संसदको पद रिक्त भएमा बढीमा ६ महिनाभित्र चुनाव गराउनै पर्ने संवैधानिक व्यवस्थालाई समेत नजरअन्दाज एवं खिल्ली उडाउदै मेरो निर्वाचन क्षेत्र लगायत देशका अन्य रिक्त स्थानहरुमा निर्वाचन आयोग र अहिलेको यो अपवित्र गठबन्धनको सरकारले हालसम्म पनि उपनिर्वाचन गराउन नसक्नु वा नचाहनु भनेको खेद एवं दुखको विषय मात्र नभई देशमा विधिको शासन, कानूनी राज्य एवं हाम्रो संवैधानिक हकको सिधा/ठाडो बरखिलाफ एवं उपहास पनि हो ।

आफ्नै चुनावी प्रतिबद्धता एवं जनादेश विपरीत कांग्रेसको पुच्छर बन्नेर उल्टै हामीमाथि कथित दलीय अनुशासनको नाममा कारवाहीको डण्डा चलाउने र लोकतन्त्रमा पनि जनताको अदालतबाट तर्सिने नेकपा (माओवादी केन्द्र) का अबैध एवं अनैतिक नेता पुष्प कमल दाहालले पनि यसको जवाब दिनुपर्छ । जनतालाई यत्रो लामोसमयसम्म पनि औपचारिक रुपमा जनप्रतिनिधि विहिन बनाई राख्ने निर्वाचन आयोग र अहिलेको अपवित्र गठबन्धनको सरकारको यो अक्षम्य अपराध हो । तसर्थ, यस अक्षम्य अपराधका हिस्सेदारहरुलाई तत्काल नैतिकताको आधारमा राजीनामा गर्न अथवा सार्वजनिक रुपमा आत्मालोचित भई माफी माग्दै यथाशीघ्र रिक्त स्थानहरुमा चुनाव गराउन सम्बन्धित पक्षहरुसंग जोडदार माग गर्दछु ।''