५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

सुडानमा सैन्य ‘कू’ विरुद्धमा व्यापक प्रदर्शन, सातको मृत्यु, १४० घाइते

सुडानमा सैन्य ‘कू’ विरुद्धमा व्यापक प्रदर्शन, सातको मृत्यु, १४० घाइते
अ+ अ-

खार्तुम । सुडानमा सेनाले सोमबार गरेको कूका विरुद्धमा व्यापक विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनलाई नियन्त्रण गर्न सरकारी सुरक्षाकर्मीहरुले दमन गर्दा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अरु १४० जना घाइते भएका छन् । नागरिक अगुवा र सैनिक प्रतिनिधिहरु सामेल भएर बनाइएको सरकारलाई अपदस्त गर्दै सैनिक नेतृत्वले सैन्य शासन लागू भएको घोषणा गरेपछि विरोध प्रदर्शन सुरु भएको हो । 

प्रदर्शनका लागि हजारौ नागरिक सडकमा उत्रिएका छन भने प्रदर्शनलाई निस्तेज पार्न सुरक्षाकर्मीहरु पनि ठूलो संख्यामा परिचालन गरिएका छन् । अन्तरिम सरकारलाई बर्खास्त गरेको घोषणा गर्दै तत्कालिन प्रधानमन्त्री अब्दल्ला हम्डकसहित राजनीतिक दलका धेरै नेताहरुलाई सेनाले नियन्त्रणमा लिएको छ । सैनिक सरकारले सङ्कटकालको घोषणा गरेपछि राजधानी खार्तुममा घरघरमा पुगेर प्रदर्शनका आयोजकहरूलाई पक्राउ गरेको छ ।

सैन्य कूको विश्वभरिबाट पनि विरोध भइरहेको छ । अमेरिकाले सैन्य कूप्रति आपत्ति जनाउदै सुडानलाई सहायता स्वरूप दिने भनेको ७० करोड डलर नदिने घोषणा पनि गरेको छ । तर कूको नेतृत्व गरेका सैन्य प्रमुख जनरल अब्देल फतह बुर्हानले भने दलहरूबीचको राजनीतिक झगडाका कारण सेनाले राजनीतिक जिम्मेवारी पनि लिनु परेको स्पष्ट पार्नु भएको छ । 

सुडानमा लामो समय शासन गरेका ओमार अल बशिरलाई दुई वर्षअघि हटाइएपछि त्यसयता सेना र राजनीतिक दलका नेताहरूबीच द्वन्द्व चर्कँदै आएको छ ।प्रदर्शनमा महिलाहरुको पनि उल्लेख्य सहभागीता देखिएको छ । प्रदर्शनकारी सवैले सैन्य शासन आफूहरुलाई अस्विकार्य रहेको बताउने गरेका छन् । उनीहरुले सैनिक मुख्यालय अगाडि नै प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले सडक अवरुद्ध गर्नुका साथै सडकमा डायर बाल्ने, नारा जुलुश गर्नेलगायतका विरोधका कार्यक्रमहरु गरिरहेका छन् । 

विमान सेवा, सञ्चार सेवा, इन्टरनेट सेवालगायतमा भने सरकारले नै अवरोध गरेको छ ।प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरुले गोली प्रहार गरी घाइते भएकाहरुलाई राजधानी खार्तुमका विभिन्न अस्पतालहरुमा उपचार गराइएको छ । सैन्य कूको विरुद्धमा चिकित्सकहरु समेत आन्दोलित भएकाले चिकित्सकहरूले पनि आकस्मिक सेवामा बाहेक सेनाले चलाएको अस्पतालमा काम गर्न अस्वीकार गरेका छन् । त्यसैगरी केन्द्रीय बैङ्कका कर्मचारीसहित विभिन्न पेशा, व्यवसाय र रोजगारीमा रहेकाहरु पनि आन्दोलित भएका छन् । 

देशका विभिन्न ठाउँमा दर्जनौ प्रदर्शनकारीहरु भेला भएर सेनाको कदमको विरोध गरेका छन् । प्रदर्शनकारीहरुले सेनाले सैन्य कू गरेको बताएका छन् । उनीहरुले नागरिकसहितको सरकारलाई नै कार्यअधिकार दिन माग गरेका छन् । तत्कालीन राष्ट्रपति बशिरको विरोधमा संगठित भएको सुडानिज प्रफेसनल एसोसिएसन र फोर्सेस फर फ्रिडम एन्ड चेन्जले सैनिक विद्रोहको प्रतिरोध गर्न आम जनतासमक्ष अनुरोध गरेको छ ।

तत्कालिन सरकारले मूल्यबृद्धि त्यसका विरुद्धमा सन् २०१९ मा सुरु भएको आन्दोलनले त्यो सरकार ढलाएर नयाँ सरकार गठन गरेको थियो । प्रधानमन्त्री अब्दल्ला हम्डकको सरकार सुडानमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि नागरिक स्तरको संक्रमणकालीन सरकारका रुपमा गठन भएको थियो । सर्वपक्षीय सहमतीमा बनेको नागरिक र सैन्य अधिकारीसहितको संयुक्त सरकारलाई समेत अहिले सेनाले अपदस्त गरेको हो । (रासस-एएनआई)