२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकपः दक्षिण अफ्रीकाविरुद्ध वेस्ट इन्डिज र पाकिस्तानविरुद्ध न्युजिल्याण्डको भिडन्त



अ+ अ-

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज (मंगलबार) दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा दक्षिण अफ्रीका र वेस्ट इन्डिज आमनेसामने हुँदैछन् ।

दुबईमा यी दुई टिमबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । समूह १ मा रहेका दक्षिण अफ्रीका र वेस्ट इन्डिज पहिलो जितमा खोजीमा हुनेछन् ।

यसअघिको खेलमा दक्षिण अफ्रीका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो भने वेस्ट इन्डिज इंग्ल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । 

यस्तै दोस्रो खेलमा पाकिस्तानले न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । सारजाहमा हुने यी दुई टिमबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ ।

यसअघि पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो ।  

पहलिो खेल खेल्न लागेको न्युजिल्याण्ड भने विजयी सुरुवात गर्ने दाउमा रहेको छ ।