१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकपः दक्षिण अफ्रीकाविरुद्ध वेस्ट इन्डिज र पाकिस्तानविरुद्ध न्युजिल्याण्डको भिडन्त



अ+ अ-

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज (मंगलबार) दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा दक्षिण अफ्रीका र वेस्ट इन्डिज आमनेसामने हुँदैछन् ।

दुबईमा यी दुई टिमबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । समूह १ मा रहेका दक्षिण अफ्रीका र वेस्ट इन्डिज पहिलो जितमा खोजीमा हुनेछन् ।

यसअघिको खेलमा दक्षिण अफ्रीका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो भने वेस्ट इन्डिज इंग्ल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । 

यस्तै दोस्रो खेलमा पाकिस्तानले न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । सारजाहमा हुने यी दुई टिमबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ ।

यसअघि पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो ।  

पहलिो खेल खेल्न लागेको न्युजिल्याण्ड भने विजयी सुरुवात गर्ने दाउमा रहेको छ ।