२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा २१६ मुद्दाको पेशी, श्रीमानहरु ईजलास बाहिर, मुद्दाका पक्ष विपक्षी रमिते



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतमा आजका लागि तोकिएका मुद्दाका पेशीहरु सर्वोच्चकै न्यायाधीशहरुको अनुपस्थितिमा बेन्चहरु नबसेका कारण सबै स्थगित भएका छन् । सर्वोच्च अदालत प्रशासनले वेबसाइटमा राखेको विवरणमा आजका लागि कूल २१६ वटा मुद्दा पेशीमा राखिए पनि कुनै पनि इजलासमा सुनुवाई हुन सकेन ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा वा अन्य विकल्प बारेमा छलफलमा सर्वोच्चकै न्यायाधीशहरु केन्द्रित भएपछि मुद्दाको सुनुवाई प्रभावित बनेको हो । न्यायाधीशहरु दीपककुमार कार्की र सुस्मालता माथेमाको संयुक्त इजलासमा ३५ वटा, मीरा खड्का र हरिकृष्ण कार्कीको इजलासमा ५५ वटा, विश्वम्भरप्रसाद श्रेष्ठ र हरि प्रसाद फुयालको बेन्चमा २८ वटा, वमकुमार श्रेष्ठ र कुमार रेग्मीको बेन्चमा २७ वटा, डा आनन्दमोहन भट्टराई र प्रकाशमानसिंह राउतको इजलासमा २० वटा, टंक बहादुर मोक्तान र मनोजकुमार शर्माको इजलासमा १३ वटा, प्रकाश कुमार ढुंगाना र डा कुमार चुडालको इजलासमा १३ तथा नहकुल सुवेदीको इजलासमा २५ वटा मुद्दा पेशीमा राखिएका थिए ।

तर सर्वोच्च अदालत प्रशासनले सार्वजनिक गरेको विवरणमा आज कुनै पनि बेन्च नबसेको जनाएको छ । आजका बेन्चहरुमा बन्दी प्रत्यक्षीकरण, बैंकिङ कसुर, कर्तव्य ज्यान, मानव बेचबिखन र ओसारपसार, लागू औषध, जबर्जस्ती करणी, उत्प्रेषण आदेश, भ्रष्टाचार समेतका मुद्दाहरुको सुनुवाई हुने कार्यतालिका थियो ।