१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा म छैन’- पर्यटनमन्त्री आले



file photo
अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले निजी क्षेत्रको कम्पनीसँग साँगगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू नरहेको बताउनु भएको छ । मन्त्री आलेले विगतमा नेपाल वायु सेवा निगमको जहाजको ग्राउन्ड ल्यान्डिङ समेत आफ्नो व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

नेपाल पर्यटन बोर्डले मंगलबार आफ्नै स्वागतमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपाल वायु सेवा निगमको थन्किएर बसेको दुई वटा जहाजलाई तत्काल संचालनमा ल्याएर नेपालमा पर्यटन भित्र्याउने काममा आफू लागिपर्ने कार्ययोजना पनि सार्वजनिक गर्नु भयो । मन्त्री आलेले आईकाओको कालो सूचिबाट नेपाललाई हटाउन पनि आफूले पहल गर्ने बताउनु भयो । त्यसका लागि आफूले निगमकै कर्मचारी संघ, संगठनहरुको माग अनुसार कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको गरेको उहाँले स्पष्ट पार्नु भयो ।

अव निगमको बैठक बस्ने र त्यसले निगमको थन्किएर बसेको विमान संचालन गर्ने, पर्यटन प्रवद्र्धन हुने गरी उडान भर्ने लगायतका काम गर्ने मन्त्री आलेको भनाई थियो । उहाँले भन्नु भयो, ‘आफ्नो नेपाल एयरलाईन्सको जहाजलाई घाममा सुकाएर प्राईभेट एयरलाईन्ससँग सेटिङ गरेर उसलाई रातारात करोडपति बनाउने अनि नेपाल एयरलाईन्सको ग्राउन्ड ल्यान्डिङ चाँही कुनै निजी कम्पनीलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि दिने काम प्रेम आलेले गर्दैन ।

म त्यसमा छैन । म त्यो पनि विश्वास दिलाउन चाहन्छु । र म आएको २४ घण्टा नबित्दै नेपाल एयरलाईन्सको १ सय ४ दिनदेखि लगाइएको तालाबन्दी खुलाए । त्यहाँका संघ, संगठन र युनियनका कर्मचारीहरुसँग वार्ता गरेर त्यो समस्या समाधान गरियो । उहाँहरुका माग के थियो भने हामीलाई अध्यक्ष चाहियो । अध्यक्ष छिटो दिनुस भन्नु भयो । हिजो क्याविनेटबाट हामीले अध्यक्ष नियुक्त गरेका छौं । युवराज अधिकारी अध्यक्ष हुनुहुन्छ । अव छिट्टै निगमको बैठक बसेर थन्किएर बसेका २ वटा जहाज पनि संचालनमा ल्याउनेछौं । नेपालमा पर्यटन भित्र्याउनका लागि आवश्यक कामहरु गरेर अघि बढनेछौं ।’

मन्त्री आलेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मन्त्री भएर आएको बताउनु भयो । कोभिडको कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसके पदमा बसिरहने पक्षमा आफू नरहेको पनि उहाँले बताउनु भयो ।