२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

नृत्य प्रतिभालाई दर्शक सामु लैजान र नृत्यको प्रचार–प्रसार गर्न डान्स रियालिटी शो हुँदै



अ+ अ-

काठमाडौं । नेपालमा नृत्य प्रतियोगिता(डान्स रियालिटी शो) डान्स च्याम्पियन हुने भएको छ । 

कि एड्भर्टाइजिङ प्रालिले इन्टरनेशनल डान्स एकेडेमी सँगको सहकार्यमा डान्स रियालिटी सो गर्न लागेको हो । नेपालीको नृत्य प्रतिभालाई नेपाली दर्शक सामु लैजाने र नेपाली नृत्यको प्रचार प्रसार गर्न डान्स रियालिटी शो गर्न लागेको कि एड्भर्टाइजिङले बताएको छ । 

मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको निर्णायक मध्येकी एक नायिका निरुता सिंहले नेपालीपनको नृत्य रियालिटी शोमा हेर्न पाइने बताउनुभयो । नेपाली टेलिभिजनमा फ्रेन्चाइज शोहरुको दबदबा रहेको समयमा आफैँ मौलिकता बोकेको नृत्य प्रतियोगिता हुन सक्नु गौरवको विषय भएको नायिका एवं निर्णायक सिंहले बताउनुभयो ।

कार्यक्रम आगामी कार्तिक २५ गतेदेखि हप्ताको बिहीवार र शुक्रवार प्रशारण हुनेछ । प्रतियोगिताको निर्णायकमा नायिका सिंहसँगै, कोरियोग्राफर जगत रावल, डान्सर आस्मा विश्वकर्मा रहनुहुनेछ । प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिता सम्बन्धी कार्यक्रम कान्तिपुर टेलिभिजनमा हेर्न पाइनेछ भने यो ३४ भागको हुने कार्यक्रम निर्माता कि एड्भर्टाइजिङले बताएको छ ।