१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नृत्य प्रतिभालाई दर्शक सामु लैजान र नृत्यको प्रचार–प्रसार गर्न डान्स रियालिटी शो हुँदै



अ+ अ-

काठमाडौं । नेपालमा नृत्य प्रतियोगिता(डान्स रियालिटी शो) डान्स च्याम्पियन हुने भएको छ । 

कि एड्भर्टाइजिङ प्रालिले इन्टरनेशनल डान्स एकेडेमी सँगको सहकार्यमा डान्स रियालिटी सो गर्न लागेको हो । नेपालीको नृत्य प्रतिभालाई नेपाली दर्शक सामु लैजाने र नेपाली नृत्यको प्रचार प्रसार गर्न डान्स रियालिटी शो गर्न लागेको कि एड्भर्टाइजिङले बताएको छ । 

मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको निर्णायक मध्येकी एक नायिका निरुता सिंहले नेपालीपनको नृत्य रियालिटी शोमा हेर्न पाइने बताउनुभयो । नेपाली टेलिभिजनमा फ्रेन्चाइज शोहरुको दबदबा रहेको समयमा आफैँ मौलिकता बोकेको नृत्य प्रतियोगिता हुन सक्नु गौरवको विषय भएको नायिका एवं निर्णायक सिंहले बताउनुभयो ।

कार्यक्रम आगामी कार्तिक २५ गतेदेखि हप्ताको बिहीवार र शुक्रवार प्रशारण हुनेछ । प्रतियोगिताको निर्णायकमा नायिका सिंहसँगै, कोरियोग्राफर जगत रावल, डान्सर आस्मा विश्वकर्मा रहनुहुनेछ । प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिता सम्बन्धी कार्यक्रम कान्तिपुर टेलिभिजनमा हेर्न पाइनेछ भने यो ३४ भागको हुने कार्यक्रम निर्माता कि एड्भर्टाइजिङले बताएको छ ।