२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी२० विश्वकप क्रिकेट : पाकिस्तानद्वारा न्यूजील्यान्ड पाँच विकेटले पराजित



अ+ अ-

शारजाहँः विश्वकप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार यहाँ भएको खेलमा पाकिस्तानले निकै सशक्त मानिएको न्यूजील्यान्डलाई पाँच विकेटले पराजित गरेको छ ।
न्यूजील्यान्डले ८ विकेट गुमाएर प्रस्तुत गरेको १३५ रनको लक्ष्य पाकिस्तानले आठ बल बाँकी छँदै १८.४ ओभरमा पूरा गरेको थियो ।

टस जितेर पहिले क्षेत्र रक्षण रोजेको पाकिस्तानले निकै कसिलो बलिङ गर्दै न्यूजील्यान्डलाई १३४ रनमा रोकेको थियो । न्यूजील्यान्डका लागि ड्यारिल मिचेलले २७, केन विलियम्सनले २५, डेभोन कोन्भोएले २७ रन बनाएका थिए । अन्य खेलाडीले खासै योगदान गर्न सकेका थिएनन् ।

पाकिस्तानका लागि शाहिन अफ्रिदी, इमाद वासिम र मोहम्मद हाफिजले एक एक विकेट लिएका थिए भने हरिस रौफले ४ खेलाडीलाई आउट गरेका थिए ।

एक सय ३५ रनको मध्यम स्कोर पछ्याएको पाकिस्तानले निकै उतारचढावबीच खेल जितेको थियो । पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान मोहम्मद रिजवानले ३३, कप्तान बाबर आजमले ९, फाखर जमानले ११, मोहम्मद हाफिजले ११, इमाद वासिमले ११ रन बनाएका थिए ।

तर सोएब मलिक र आसिफ अलिबीचको साझेदारीले खेल पाकिस्तानको पक्षमा गएको थियो । मलिकले एक छक्का र २ चौका मद्दतले २६ रन बनाएका थिए भने आसिफले ३ छक्का र १ चौका मद्दतले अविजित २७ रन बनाएका थिए ।

न्यूजील्यान्डका लागि इस सोढीले २ तथा मिचेल सान्टनर, टिम साउदी, ट्रेन्ट बाउल्टले एकएक विकेट लिएका थिए ।

यो जितसँगै पाकिस्तानले महत्वपूर्ण २ अंक हासिल गर्दै दुई खेलबाट ४ अंक बनाएको छ । पाकिस्तान समूहको शीर्ष स्थानमा छ । एजेन्सी