१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी२० विश्वकप क्रिकेट : पाकिस्तानद्वारा न्यूजील्यान्ड पाँच विकेटले पराजित



अ+ अ-

शारजाहँः विश्वकप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार यहाँ भएको खेलमा पाकिस्तानले निकै सशक्त मानिएको न्यूजील्यान्डलाई पाँच विकेटले पराजित गरेको छ ।
न्यूजील्यान्डले ८ विकेट गुमाएर प्रस्तुत गरेको १३५ रनको लक्ष्य पाकिस्तानले आठ बल बाँकी छँदै १८.४ ओभरमा पूरा गरेको थियो ।

टस जितेर पहिले क्षेत्र रक्षण रोजेको पाकिस्तानले निकै कसिलो बलिङ गर्दै न्यूजील्यान्डलाई १३४ रनमा रोकेको थियो । न्यूजील्यान्डका लागि ड्यारिल मिचेलले २७, केन विलियम्सनले २५, डेभोन कोन्भोएले २७ रन बनाएका थिए । अन्य खेलाडीले खासै योगदान गर्न सकेका थिएनन् ।

पाकिस्तानका लागि शाहिन अफ्रिदी, इमाद वासिम र मोहम्मद हाफिजले एक एक विकेट लिएका थिए भने हरिस रौफले ४ खेलाडीलाई आउट गरेका थिए ।

एक सय ३५ रनको मध्यम स्कोर पछ्याएको पाकिस्तानले निकै उतारचढावबीच खेल जितेको थियो । पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान मोहम्मद रिजवानले ३३, कप्तान बाबर आजमले ९, फाखर जमानले ११, मोहम्मद हाफिजले ११, इमाद वासिमले ११ रन बनाएका थिए ।

तर सोएब मलिक र आसिफ अलिबीचको साझेदारीले खेल पाकिस्तानको पक्षमा गएको थियो । मलिकले एक छक्का र २ चौका मद्दतले २६ रन बनाएका थिए भने आसिफले ३ छक्का र १ चौका मद्दतले अविजित २७ रन बनाएका थिए ।

न्यूजील्यान्डका लागि इस सोढीले २ तथा मिचेल सान्टनर, टिम साउदी, ट्रेन्ट बाउल्टले एकएक विकेट लिएका थिए ।

यो जितसँगै पाकिस्तानले महत्वपूर्ण २ अंक हासिल गर्दै दुई खेलबाट ४ अंक बनाएको छ । पाकिस्तान समूहको शीर्ष स्थानमा छ । एजेन्सी