२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोदावरी पुष्प प्रदर्शनी शुक्रबार



अ+ अ-

फ्लोरिकल्चर एशोसिएशन नेपालले यही कात्तिक १२ देखि १५ गतेसम्म जावलाखेलको खेल मैदानमा ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ गर्ने भएको छ ।

फूलको व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले दीपावली, नेपाल संवत्, छठलगायत पर्वलाई लक्षित गरी आयोजना गर्न लागिएको प्रदर्शनीमा व्यावसायिक ४४ तथा सूचनामूलक चार गरी ४८ स्टल रहने छन् ।

यस वर्ष गोदावरी फूलको विभिन्न विधामा गरिने प्रतिस्पर्धात्मक प्रदर्शनी हुने छैन ।

मेलामा सहभागी नर्सरी व्यवसायीलाई प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिने एसाेसिएसनले जनाएकाे छ । स्वदेशमा व्यावसायिक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाको बिक्री वितरण गरिने छ ।

३५ हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको मेलामा रु ५० लाखको कारोबार हुने अपेक्षा गरिएको छ ।

एशोसिएसनले हरेक वर्ष यस्तो मेला गरिरहेको छ, र फूलको अवलोकन गर्न ठूलो संख्यामा मानिसहरू आउने गर्दछन् ।