१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोदावरी पुष्प प्रदर्शनी शुक्रबार



अ+ अ-

फ्लोरिकल्चर एशोसिएशन नेपालले यही कात्तिक १२ देखि १५ गतेसम्म जावलाखेलको खेल मैदानमा ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ गर्ने भएको छ ।

फूलको व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले दीपावली, नेपाल संवत्, छठलगायत पर्वलाई लक्षित गरी आयोजना गर्न लागिएको प्रदर्शनीमा व्यावसायिक ४४ तथा सूचनामूलक चार गरी ४८ स्टल रहने छन् ।

यस वर्ष गोदावरी फूलको विभिन्न विधामा गरिने प्रतिस्पर्धात्मक प्रदर्शनी हुने छैन ।

मेलामा सहभागी नर्सरी व्यवसायीलाई प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिने एसाेसिएसनले जनाएकाे छ । स्वदेशमा व्यावसायिक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाको बिक्री वितरण गरिने छ ।

३५ हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको मेलामा रु ५० लाखको कारोबार हुने अपेक्षा गरिएको छ ।

एशोसिएसनले हरेक वर्ष यस्तो मेला गरिरहेको छ, र फूलको अवलोकन गर्न ठूलो संख्यामा मानिसहरू आउने गर्दछन् ।