पोखरा । नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत कास्कीको मादी गाउँपालिका अध्यक्षमा बाल कृष्ण गुरुङ चयन भएका छन् ।
मंगलबार भएको अधिवेशनमा बाल कृष्ण गुरुङ अध्यक्ष, एकाजंग गुरुङ उपाध्यक्ष, सुवास सापकोटा सचिव, राजु अधिकारी सहसचिव, प्रतीक्षा पौडेल सहसचिव गरी ६१ सदस्यीय कमिटि सर्वसम्मत निर्वाचित भएका हुन् ।