२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलका राष्ट्रपति विरुद्ध महाभियोगको तयारी, कोभिड नियन्त्रणमा उदासिन भएको आरोप



अ+ अ-

ब्रासिलियाः ब्राजिलको संसद सिनेटको अनुसन्धान समितिले राष्ट्रपति जेयर बोल्सेनारो विरुद्ध महाभियोग लगाउने तयारी गरेको छ । कोरोनाभाइरस महामारी नियन्त्रणमा राष्ट्रपति बोल्सेनारोले बेवास्ता गरेको तथा मानवता विरुद्धको अपराध गरेको संसदीय समितिको ठहर छ ।

संसदीय समितिले राष्ट्रपति बोल्सोनारो विरुद्ध कम्तीमा नौ वटा अपराधमा दोषी पाइएको जनाएको छ । राष्ट्रपतिले कोभिड नियन्त्रणमा लापरवाही गरेको हो वा होइन भन्ने अध्ययन गर्न गठित संसदीय समितिले दिएको प्रतिवेदनका आधारमा बोल्सोनारोमाथि महाभियोगको तयारी गरिएको छ ।

छानबिन समितिको प्रतिवेदन एक हजार ३०० पृष्ठभन्दा लामो छ । विपक्षीहरुको बहुमत रहेको छानबिन समितिले करिब छ महिनाको अनुसन्धान पश्चात प्रतिवेदन तयार पारेको थियो । कोभिडसँग सम्बन्धित विषयमा अरु ७७ व्यक्ति एवं दुई कम्पनीले पनि अपराध गरेको समितिको भनाई छ ।

गत साता प्रकाशित मस्यौदा प्रतिवेदनले राष्ट्रपति बोल्सोनारोमाथि आमहत्याको आरोपमा मुद्दा चलाउन सिफारिस गरेको थियो । तर सिनेटका सदस्यहरुले आमहत्याको आरोप भने फिर्ता लिएका थिए ।

साथै अमेजन राज्यका गभर्नर विल्सन लिमालाई पनि दोषी ठहर गरिएको छ । यसै वर्षको शुरुमा अमेजन राज्यका अस्पतालमा अक्सिजनको अभावमा कोभिड लागेका धेरै बिरामीको अकालमा ज्यान गएको थियो । विल्सनमाथि चिकित्सा उपकरण खरिदसँग सम्बन्धित विषयमा पनि संघीय जाँच भइरहेको छ ।

बोल्सोनारोको संवाद सचिवालयले यस बारेमा केही बताएको छैन ।

तर राष्ट्रपति विरुद्धको मुद्दालाई राष्ट्रपतिले नियुक्त गरेका महान्यायाधीवक्ताले अघि बढाउनु पर्ने हुन्छ जुन तत्कालै सम्भव छैन । राष्ट्रपति बोल्सोनारोले यसअघि नै संसदीय समितिको प्रतिवेदनलाई “जोक”को संज्ञा दिँदै अस्वीकार गरेका थिए ।

ब्राजिलमा कोभिडसँग सम्बन्धित जटिलताका कारण छ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।

राष्ट्रपति बोल्सोनारोले कोभिडको संक्रमण तिब्र भए पनि ठुल्ठूला जुलुस र आमसभा गरेको आरोप छ जसका कारण कोभिड व्यापक रुपमा फैलिएको थियो । राेयटर्स