१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलका राष्ट्रपति विरुद्ध महाभियोगको तयारी, कोभिड नियन्त्रणमा उदासिन भएको आरोप



अ+ अ-

ब्रासिलियाः ब्राजिलको संसद सिनेटको अनुसन्धान समितिले राष्ट्रपति जेयर बोल्सेनारो विरुद्ध महाभियोग लगाउने तयारी गरेको छ । कोरोनाभाइरस महामारी नियन्त्रणमा राष्ट्रपति बोल्सेनारोले बेवास्ता गरेको तथा मानवता विरुद्धको अपराध गरेको संसदीय समितिको ठहर छ ।

संसदीय समितिले राष्ट्रपति बोल्सोनारो विरुद्ध कम्तीमा नौ वटा अपराधमा दोषी पाइएको जनाएको छ । राष्ट्रपतिले कोभिड नियन्त्रणमा लापरवाही गरेको हो वा होइन भन्ने अध्ययन गर्न गठित संसदीय समितिले दिएको प्रतिवेदनका आधारमा बोल्सोनारोमाथि महाभियोगको तयारी गरिएको छ ।

छानबिन समितिको प्रतिवेदन एक हजार ३०० पृष्ठभन्दा लामो छ । विपक्षीहरुको बहुमत रहेको छानबिन समितिले करिब छ महिनाको अनुसन्धान पश्चात प्रतिवेदन तयार पारेको थियो । कोभिडसँग सम्बन्धित विषयमा अरु ७७ व्यक्ति एवं दुई कम्पनीले पनि अपराध गरेको समितिको भनाई छ ।

गत साता प्रकाशित मस्यौदा प्रतिवेदनले राष्ट्रपति बोल्सोनारोमाथि आमहत्याको आरोपमा मुद्दा चलाउन सिफारिस गरेको थियो । तर सिनेटका सदस्यहरुले आमहत्याको आरोप भने फिर्ता लिएका थिए ।

साथै अमेजन राज्यका गभर्नर विल्सन लिमालाई पनि दोषी ठहर गरिएको छ । यसै वर्षको शुरुमा अमेजन राज्यका अस्पतालमा अक्सिजनको अभावमा कोभिड लागेका धेरै बिरामीको अकालमा ज्यान गएको थियो । विल्सनमाथि चिकित्सा उपकरण खरिदसँग सम्बन्धित विषयमा पनि संघीय जाँच भइरहेको छ ।

बोल्सोनारोको संवाद सचिवालयले यस बारेमा केही बताएको छैन ।

तर राष्ट्रपति विरुद्धको मुद्दालाई राष्ट्रपतिले नियुक्त गरेका महान्यायाधीवक्ताले अघि बढाउनु पर्ने हुन्छ जुन तत्कालै सम्भव छैन । राष्ट्रपति बोल्सोनारोले यसअघि नै संसदीय समितिको प्रतिवेदनलाई “जोक”को संज्ञा दिँदै अस्वीकार गरेका थिए ।

ब्राजिलमा कोभिडसँग सम्बन्धित जटिलताका कारण छ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।

राष्ट्रपति बोल्सोनारोले कोभिडको संक्रमण तिब्र भए पनि ठुल्ठूला जुलुस र आमसभा गरेको आरोप छ जसका कारण कोभिड व्यापक रुपमा फैलिएको थियो । राेयटर्स