१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने !



अ+ अ-

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज पदबाट राजीनामा दिनुहुने भएको छ । उहाँले प्रदेशसभामा विश्वासको मत नपाउने निश्चित जस्तै भएपछि पदबाट राजीनामा दिने तयारी गर्नु भएको हो । 

मुख्यमन्त्री शाक्यले आज संसदका लागि तोकिएको समय दिउँसो १ बजे भन्दा अगाडि नै प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा दिने तयारी गर्नु भएको बताइएको छ । 

मुख्यमन्त्री शाक्यले गत असोज २४ गते प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावमाथि प्रदेशसभाको यही कात्तिक ४ गते बसेको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेशसभाका सदस्यसँग आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।

प्रदेशसभामा पाँच दलीय गठबन्धनको सरकार गठन गर्नका लागि बाटो खुल्ला गरिदिन पनि उहाँले राजीनामा दिन लाग्नु भएको हो । प्रदेशमा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा वाग्मती प्रदेश सरकार गठन हुने भएको छ । 

समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका दलको सहभागितामा वाग्मती प्रदेश सरकार गठन हुने भएको छ । 

बागमती प्रदेशसभामा हाल १०९ प्रदेशसभा सदस्य छन् । सत्तापक्ष नेकपा (एमाले)का ४३, प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी) का १३, विवेकशील साझा दलका तीन, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राप्रपाका दुई(दुई तथा जनता समाजवादी पार्टी (जसपा)का एक प्रदेशसभा सदस्य छन् ।  विश्वासको मतका लागि ५५ सांसद आवश्यक पर्छ । 

मुख्यमन्त्री शाक्य भदौ २ मा मुख्यमन्त्री चयन हुनुभएको हो । उहाँ नेपालकै पहिलो महिला मुख्यमन्त्री समेत हुनुहुन्छ ।