३ श्रावण २०८३, आईतवार
,
Latest
औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन फेसबुकको डेस्कटप संस्करणमा समस्या बैंकर्सहरू भन्छन्, ‘सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्छ’ सन्तनेता भट्टराईको उपाधि अमिट छ : सभापति थापा संसदीय भुमिकालाई प्रभावकारी र बौद्धिक बनाउन एमालेले विज्ञहरूको ‘रोस्टर’ र ‘क्लस्टर’ निर्माण गर्दै बालसुधार गृहको अवस्था सुधार गर्न संसदीय समितिको सरकारलाई चारबुँदे निर्देशन बाल सुधार गृहमा रहेका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउन सरकारलाई समितिको निर्देशन विष्णु पौडेल मुद्दामा अनुसन्धानदेखि अदालतको आदेशसम्म समीक्षा गर्न गोविन्द पन्थीको माग तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने !



अ+ अ-

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज पदबाट राजीनामा दिनुहुने भएको छ । उहाँले प्रदेशसभामा विश्वासको मत नपाउने निश्चित जस्तै भएपछि पदबाट राजीनामा दिने तयारी गर्नु भएको हो । 

मुख्यमन्त्री शाक्यले आज संसदका लागि तोकिएको समय दिउँसो १ बजे भन्दा अगाडि नै प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा दिने तयारी गर्नु भएको बताइएको छ । 

मुख्यमन्त्री शाक्यले गत असोज २४ गते प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावमाथि प्रदेशसभाको यही कात्तिक ४ गते बसेको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेशसभाका सदस्यसँग आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।

प्रदेशसभामा पाँच दलीय गठबन्धनको सरकार गठन गर्नका लागि बाटो खुल्ला गरिदिन पनि उहाँले राजीनामा दिन लाग्नु भएको हो । प्रदेशमा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा वाग्मती प्रदेश सरकार गठन हुने भएको छ । 

समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका दलको सहभागितामा वाग्मती प्रदेश सरकार गठन हुने भएको छ । 

बागमती प्रदेशसभामा हाल १०९ प्रदेशसभा सदस्य छन् । सत्तापक्ष नेकपा (एमाले)का ४३, प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी) का १३, विवेकशील साझा दलका तीन, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राप्रपाका दुई(दुई तथा जनता समाजवादी पार्टी (जसपा)का एक प्रदेशसभा सदस्य छन् ।  विश्वासको मतका लागि ५५ सांसद आवश्यक पर्छ । 

मुख्यमन्त्री शाक्य भदौ २ मा मुख्यमन्त्री चयन हुनुभएको हो । उहाँ नेपालकै पहिलो महिला मुख्यमन्त्री समेत हुनुहुन्छ ।